टाेखालाइभ। असोज २६, २०७८
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफुले कुनैपनि दललाई छायाँ पर्न नदिएको बताउनुभएको छ । एक टेलिभिजनसँग अन्तरवार्ता दिनुहुँदै राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘बाहिर आ–आफनो दृष्टिकोण अनुसार व्याख्या हुने गरेको छ तर मैले आफनो अधिकारको क्षेत्रभित्र रहेर मात्रै काम गर्ने गरेको छु ।’ राष्ट्रपतिको अधिकार के हो ? त्यसमा रहेर व्याख्या गर्नुपर्ने भएपनि कुन बेला कुनलाई के असर पर्छ त्यसमा रहेर कुरा गर्नु गलत भएको उहाँले बताउनुभयो ।
राष्ट्रपति भण्डारीले भन्नुभयो,‘मैले संविधानले जे बोलेको छ त्यो मात्रै गरेको छु ।’ फरक प्रसंगमा बोल्नुहुँदै राष्ट्रपति भण्डारीले आफु राजनीतिक जीवनमा सक्रिय रहदा आफुले भोगेका कुरा अरुले भोग्न नपरोस भनेर महिला सहभागिता बृद्धिमा लागेको बताउनुभयो । अहिले स्थानिय तहमा देखिएको महिला सहभागिता प्रसंसनीय रहेपनि मानसिक रुपमा त्यो ढंगको तयार अझै भईनसकेको उहाँले बताउनुभयो । ‘महिलामा क्षमता भएर पनि अविश्वास अझै छ, भौतिक रुपमा महिलालाई स्वीकार गरेपनि मनोवैज्ञानिक रुपमा स्वीकार गर्न अझै समय लाग्छ ।’ महिलाले आफुले पाएको जिम्मेवारीमा विश्वास दिलाउनुपर्ने राष्ट्रपति भण्डारीको भनाइ थियो ।Photo/ Roshan Khadka RSS

