टाेखालाइभ / असोज २२काठमाडौं:
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् । नयाँ सरकारको गठन गरेको ३ महिना पुग्न लागे पछि देउवाले सरकारलाई पूर्णता दिएका हुन्।
प्रधानमन्त्रीले बालकृष्ण खाँण गृह, ज्ञानेन्द्र बहादुर कार्की संचार तथा सूचना प्रविधि ,पम्फा फुसाल उर्जा ,जलस्रोत तथा सिचाइ ,राजेन्द्र बहादुर श्रेष्ठ संघिय मामिला तथा सामान्य प्रशासन , जनार्दन शर्मा अर्थ, डा.मिनेन्द्र रिजाललाई रक्षा, रेणु यादवलाई भौतिक पूर्वाधार, विरोध खतिवडालाई स्वास्थ्य, रामकुमारी झाँक्रीलाई सहरी विकास, देवेन्द्र पौडेललाई शिक्षा, दिलेन्द्रप्रसाद बडुलाई कानून,नारायण खड्का परराष्ट्र , प्रेमबहादुर आलेलाई पर्यटन, उमाकान्त चौधरीलाई खानेपानी तथा महेन्द्र राय यादवलाई कृषि मन्त्रालयको जिम्मेवारी दिएका छन् ।


