टाेखालाइभ डट कम/ असोज १८,२०७८
काठमाडौं : नेकपा एमालेको नयाँ लोगो सार्वजनिक भएको छ। शुक्रबारदेखि जारी विधान महाधिवेशनले एमालेको लोगो परिमार्जन गरेको हो। एमालेले जारी गरिएको नयाँ लोगोमा सूर्य चिह्नभित्र हँसिया हथौडा राखिएको हो।
यस अघि एमालेको लोगोमा सूर्य चिह्नभित्र अंग्रेजी अक्षरमा सिपिएन युएमएल लेखिएको र हँसिया हथौडासहितको लोगो थियो।
आइतबार उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा पार्टीको परिमार्जन भएको नयाँ लोगो सार्वजनिक गर्दै लोगोमा सूर्य चिह्नभित्र हँसिया हथौडा राखिएको र सूर्य चिह्नभित्रको पृष्ठभूमि भने राताे राखिएको उपमहासचिव पौडेलले बताएका थिए ।

