नविना श्रेष्ठ
टाेखालाइभ संवाददाता /असोज १८,२०७८
नेपाली काँग्रेस काठमाडौ महानगरपालिकाको कार्यसमितिका निर्वाचित सभापति पदमा निल काजी शाक्य विजय भएका छन्।
दुई प्यानल बिच भएको निर्वाचनमा शाक्य प्यानलको विजयी भएको हो। आइतबार राष्ट्रिय सभा गृहमा भएको निर्वाचनमा शाक्यले उनका प्रप्यासी उमेदवारी प्रगतीमान रञ्जितलाई पराजित गरेका छन्। शाक्यले ७९६ मत ल्याएर विजय भए भने रञ्जितले ३२९ मत प्राप्त गरेका थिए।

शाक्यका प्यानलको उप-सभापति पदमा सन्त कुमार महर्जन र शुशिला ढकाल सचिवमा सुसन वैध र पुरुषोत्तम खकुरेल सह-सचिवमा विमला लामिछाने साथमा अमृत मानन्धरको विजयी भएका छन्।

