• TOKHA LIVE

    • १४ आश्विन २०७८, बिहीबार ०९:०७

    चरित्रहत्या गरेको आरोपमा ४ युट्युबर पक्राउ

    टाेखालाइभ/ असोज १४,२०७८

    काठमाडौं । चरित्र हत्या हुने भिडियो , अन्तर्वार्ता तथा फाेटाे सहितको विवरण युट्युब च्यानल मार्फत प्रसारण गरेको आरोपमा ४ जना युट्युबर पक्राउ परेका छन् । विभिन्न युट्युब च्यानल सञ्चालन गरेर पीडित महिलाको तस्विरसहित चरित्रहत्या गरेको आरोपमा उनीहरलाई पक्राउ गरिएको हो ।

    नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार पक्राउ पर्नेमा दैनिक खबरका सञ्चालक दाङ घर भई काठमाडौं गोकर्णेश्वर बस्ने २१ वर्षीय प्रदीप भण्डारी, हरेक पलको खबरका सञ्चालक नुवाकोट घर भई काठमाडौंको नेपालटार बस्ने २७ वर्षीय शिशिर अधिकारी, सराइचुली मिडियाका सञ्चालक मोरङ घर भई काठमाडौंको पेप्सीकोला बस्ने पिंकला कार्की र मोर्डन अनलाइन टिभीका सञ्चालक दोलखा घर भई गोकर्णेश्वर बस्ने २४ वर्षीय रोधन तामाङ पक्राउ रहेका छन् । विद्युतीय कारोवार ऐन २०६३ अन्र्तगतको कसुर गरेकोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

     

     

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै