• TOKHA LIVE

    • १२ आश्विन २०७८, मंगलवार ११:३८

    भेडा बाख्रा

    – बाबुराम गौतम 

    संवैधानिक, कानुनी र राजनीतिक मुद्दा
    देश जनता भाँडमा गए स्वार्थतिर कुद्दा
    संसदीय परम्पराको छैन कोहीलाई हेक्का
    कर्मचारी कार्यकारी, न नेताको लेखा

    सेटिङमा के रिट लाने के फैसला हुने
    ऐन कानुन एकातिर आदेश आकाश छुने
    कसरी हो भन्ने हामी न्याय पवित्र छ
    बहुदलीय व्यवस्थामा निर्दल चरित्र छ

    समामुख र न्यायाधीस कार्यकारी भाछन्
    बोकाहरुको दाई हो कि साढे पाखा लाछन्
    फ्लरक्रस अराजनैतिक, अनैतिक हैन ?
    संसदीय व्यवस्था रे दलको भूमिका छैन ?

    मान्छे विद्वान भए पनि आस्था कारण अन्धा
    अध्यादेश खेती लाज भो प्रजातान्त्रिक भन्दा
    चोरी गर्न भरेङ ल्यायो, फिर्ता गरिदियो
    असंसदीय गैरकानुनी त्यो हर्कत थियो

    सत्तापक्ष डरमर्दो छ गठबन्धन रुप
    आफ्नैसँग छिनाझपट बाझाबाझ खुब
    राजनीति अस्थिरता सिर्जी लहरा झेक्रा
    आफ्नै दल फुटाएर किनबेच भेडा बाख्रा

    Facebook Comments

    सम्बन्धित खवर

    याद बॅाचिरहनेछ….!

    भाषा विहिन सम्बन्ध

    उपहारको मूल्य

    छुटाउनुभयो कि? सबै