टाेखालाइभ डट कम/असोज १० काठमाडौं
फोटो पत्रकार सरोज बस्नेतलाई मातृशोक परेको छ ।मकालुखबरका फोटो पत्रकार बस्नेतकी ममतामयी आमा सुमित्रा बस्नेतको ६७ वर्षको उमेरमा गोकर्णेश्वर ४ काठमाडौँस्थित निवासमा आइतबार निधन भएको हो ।
बस्नेतको आइतबार नै उत्तरगयास्थित बाग्मती नदी किनारमा अन्त्येष्टि गरिएको छ । बस्नेत केही समयदेखि बोन क्यान्सरबाट पीडित थिइन् ।

