• TOKHA LIVE

    • ९ आश्विन २०७८, शनिबार ०६:०५

    सिटिजन्स बैंकद्वारा १६% लाभांश प्रस्ताव

    टाेखालाइभ डट कम/असोज ९,२०७८

    काठमाण्डौ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।
    उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा ल्याइने बैंकले जनाएको छ।

    सिटिजन्स बैंक सञ्चालक समितिको हिजो शुक्रबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजी १२ अर्ब ५७ करोड रुपैयाँ कुल १६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
    जसमा १२.९१३ प्रतिशतका दरले हुन आउने १ अर्ब ६२ करोड ४० लाख ५० हजार ८९१.१० रुपैयाँबराबरको बोनस सेयर र ३.०८७ प्रतिशतका दरले हुन आउने ३८ करोड ८२ लाख ५६ हजार ८०७.२४ रुपैयाँबराबरको नगद लाभांश / कर समेत रहेका छन्।

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै