टाेखालाइभ डट कम/भाद्र २७,२०७८,
फोटो पत्रकारितामा आवद्धहरुको सांगठनिक संस्था राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपिजे) भेलाले राष्ट्रिय फोटो पत्रकार समूह नुवाकोट गठन गरेको छ । विदुरमा सम्पन्न समूहको प्रथम भेलाले आगामी तीन वर्षे कार्यकालका लागि प्रकाश सिलवालको अध्यक्षतामा सात सदस्यीय जिल्ला कार्य समिति निर्विरोध चयन गरेको छ ।भेलाले उपाध्यक्षमा हरिराम भेटुवाल, सचिवमा महेन्द्र अधिकारी, कोषाध्यक्षमा केरिना शाक्यलाई चयन गरेको छ । सदस्यहरुमा सन्जय भट्ट, उषा रेग्मी र सन्नी श्रेष्ठ चुनिएका छन् ।
शनिबार फोटो पत्रकार समुहका केन्द्रिय अध्यक्ष राजेन्द्र चित्रकारको प्रमुख आथित्व तथा फोटो पत्रकार समुह नुवाकोटका संयोजक राजेन्द्र गजुरेलको सभापतित्वमा नुवाकोटको बिदुरमा सम्पन्न भेलाले सिलवालको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

