• TOKHA LIVE

    • २५ भाद्र २०७८, शुक्रबार १५:१७

    एमसीसी सम्झौता पारित गर्नु जनताका लागि विष सरह हुनेछ : प्रेम सुवाल

    टाेखालाइभ/भदौ २५, २०७८

    काठमाडौं /नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी सम्झौता पारित गर्नु नेपाली जनताका लागि ‘विष सरह’ हुने टिप्पणी गरेका छन् ।

    नेकपा एमालेका सांसदहरूको चर्को नाराबाजीबीच शुक्रवारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले विश्वलाई नै दुःख दिने नियतका साथ आएको सो सम्झौताबारे द्विविधामा नपर्न प्रतिनिधिसभाका सांसदहरूलाई समेत आग्रह गरे ।

    नेपाल भ्रमणमा आएकी एमसीसी उपाध्यक्ष फातिमा सुमारप्रति संकेत गर्दै उनले अमेरिकी अधिकारीले सो सम्झौताको सम्बन्धमा सय थरी कुरा गरिरहेको उल्लेख गर्दै त्यस्ता कुरामा फस्न नहुने पनि बताए ।

    ‘बूढो बाघले शिकार गर्न नसकेपछि चुरा देखाउने र झम्टने कथा हामी सबैलाई थाहा छ । विष भनी थाहा पाइकन खाए के हुन्छ ? एमसीसी त्यही हो,’ उनले भने ।

    सांसद सुवालले राष्ट्रघाती एमसीसी सम्झौताको विरोधमा प्रर्दशन गर्दा आफ्ना पार्टीका कार्यकर्र्तामाथि प्रहरीले दमन गरेको भन्दै सरकारको चर्को आलोचना पनि गरे । – लोकान्तर डट कमबाट साभार

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै