टाेखालाइभ डट कम /भाद्र २४,काठमाडौं
नेपालमा निकै नै विवाद भइरहेको एमसीसी परियोजनाबारे ठोष कुराकानीका लागि उपाध्यक्ष फतिमा र नायब उपाध्यक्ष ब्रुक्स नेपालको चारदिने भ्रमणका क्रममा आज नेपाल आएका हुन् ।
अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्स नेपालको चार दिने भ्रमणमा लागि बिहीबार बिहान काठमाडौं आइपुगेका हुन् ।
कतार एयरवेजबाट उनीहरू बिहान काठमाडौं आइपुगे लगत्तै उनीहरू कमलपोखरीको मेरियट होटलमा गएका छन्।उनको आगमन र एमसीसीको विरोधमा हुन सक्ने प्रदर्शनलाई लक्षित गरी काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ । बिहीबार बिहानैदेखि सिनामंगल, थापाथली, नयाँबानेश्वर, पुतलीसडक, माइतीघर, महाराजगञ्ज लगायतका स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गणको टोली परिचालन गरिएको छ ।
चारदिने नेपाल बसाइँको क्रममा उपाध्यक्ष सुमारले एमसीसी परियोजना कार्यान्वयनको अवस्थाबारे प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मालगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

