नविना श्रेष्ठ
टाेखालाइभ डट कम/भाद्र २१,२०७८
रातभरको भारी वर्षाले मनमैजु र कंकेश्वरी खोला किनारका बस्ती डुबानमा परेको छ। रातभर परेको वर्षाका कारण खोला किनारका बस्ती डुबानमा परेको टोखा नगरपालिका वडा नं ९ का जनप्रतिनिधि राम भक्त घिमिरेले बताएका छन्।

बस्तीका बासिन्दा जोखिममा परेपनि कुनैपनि सुरक्षाकर्मीहरूले उद्धार गर्न नआएको स्थानीय बासिन्दाहरूले गुनासो व्यक्त गरेका थिए। काठमाडौंमा परेको वर्षाका कारण मनमैजु , कंकेश्वर , बल्खुको तरकारी बजार, बालाजुको नेपालटारको तल्लो क्षेत्र, बिनायक अस्पताल गोंगबु, शंखमूल पार्क, कालिमाटीको तरकारी बजार क्षेत्र दुबानमा परेका छन्।

प्रकृतिसँग चालेन्ज गर्ने होइन यो संग हामीले सामना गर्नुपर्छ भन्दै वडा नं ९ का सदस्य राम भक्त घिमिरेले वर्षा अझै बढ्न सक्ने हुनाले स्थानीय बासिन्दाहरुलाई सुरक्षित ठाउँमा बस्न समेत आग्रह गरे साथै दैनिकी जीवन सहज नभएका बासिन्दाहरुलाई नगरपालिकाका व्यवस्थापनका तिनले सुरक्षाका साथ सुरक्षित ठाउँको व्यवस्था गर्ने समेत बताए। डुबानमा परेका स्थानीय बासिन्दाको भने क्षति भएको केही सामानको क्षतिपूर्ति मिले हुन्थ्यो भन्ने स्थानीयबासिन्दाले नेपाल सरकार स्थानीय सरकारलाई आह्वान समेत गरेको छ।





