• TOKHA LIVE

      TOKHA LIVE

    • २१ भाद्र २०७८, सोमबार १०:५४

    संसाक स्रष्टा सम्मान – २०७८ समर्पण

    टाेखालाइभ/ भाद्र २१,२०७८

    काठमाडौँ, भदौ १९ गते शनिबार  विगत ९ वर्षदेखि संस्कृति साहित्य र कलाको लेखन, प्रकाशन, प्रसारण र विस्तार गर्दै आएको संसाक मासिकले हरेक वर्ष प्रदान गर्दै आएको विभिन्न विधाका साहित्यिक सम्मान – २०७८ लाई एक कार्यक्रमको बीच स्रष्टाहरूमा समर्पण गरेको छ । संसाकले यस वर्ष समीक्षा, काव्य÷कविता, मुक्तक, नियात्रा, शीत आदि विधाका ६ जना स्रष्टाहरूलाई सम्मान समर्पण गरेको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान सदस्य सचिव प्रा.जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’ को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रा.डा.गार्गी शर्मा, टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी, पूर्व सहायक रथी तेजप्रकाश बानियाँ, डा.सत्यराज थपलिया, डा.शैलेन्दुप्रकाश नेपाल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव डा. राधिका थपलिया, अनेसासका निवर्तनमा अध्यक्ष राधेश्याम लेकाली, टोखा न.पा.–८ की नगर सभा सदस्य चन्द्रा न्यौपाने, संसाक मासिकका उपसम्पादक भवानी मैया पन्तले संयुक्त रूपमा उक्त सम्मान स्रष्टाहरूमा समर्पण गर्नुभएको थियो ।

    स्रष्टाहरूमा पुरस्कार प्रदान गर्दै सदस्य सचिव प्रेक्षितले हरेक स्रष्टाका सृजनामा नवीनता हुनुपर्छ, नवीनताले सौन्दर्य ल्याउँछ, सौन्दर्यले मनमा शान्ति दिन्छ, शान्तिले आनन्द दिन्छ, आनन्दित मनबाट शरीर स्वच्छ, स्वस्थ र निरोगी हुन्छ, यही नै साहित्यको मुख्य उद्देश्य हो, भन्नुभयो । ‘विभिन्न स्थानीय निकाय र साहित्यिक संस्थाहरूको साहित्यप्रतिको रुचि, झुकाव र कर्मको अनुसरण गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानले पनि आफ्ना गतिविधि र कृयाकलापहरूमा समयसापेक्ष परिस्कृत र परिमार्जन गर्दै लगेको छ’, प्रमुख अतिथि प्रेक्षितले भन्नुभयो, ‘साहित्यिक संस्था र पत्रपत्रिकाहरूलाई गर्ने आर्थिक सहयोगमा केही कमी कमजोरी भए पनि त्यसलाई सुधार गर्दै सहयोगमा वृद्ध गर्न प्रज्ञा–प्रतिष्ठान निरन्तर लागिरहने छ ।’ प्रज्ञा–प्रतिष्ठानको अहिलेको टिमले केही राम्रा काम पनि गरेको छ, यो अविच्छिन्न उत्तराधिकारी संस्था भएकोले आफ्ना स्रोत, साधन र सामथ्र्यले भ्याएसम्म सबैले राम्रै कामहरू गर्दै आउनुभएको छ, मेरो पालामा मात्र राम्रो भयो अरुको पालामा केही भएन भन्न नहुने पनि उहाँले बताउनुभयो ।
    कार्यक्रमलाई सम्बोधन गर्दै टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले संस्कृति, साहित्य र कलाको विकास र प्रवद्र्धनमा स्थानीय तहलेभन्दा राज्यका सम्बन्धित संस्थाहरूले काम गर्नुपर्ने हो तर पनि आफ्नो कार्यकालमा भाषा, साहित्य, संस्कृति र कलाको क्षेत्रमा आपूmले निरन्तर सहयोग गरिरहेको कुरा बताउनुभयो । उहाँले टोखा नगरभित्र साँच्चै अप्ठेरोमा परेका र आर्थिक अवस्था कमजोर भएका लेखक, साहित्यकारहरूले आपूmले लेखेका आफ्ना सिर्जना प्रकाशित गर्न नसक्ने अवस्था आएमा नगरपालिकाले छापिदिने छ, भन्नुभयो । त्यसको लागि लेखकले नगरपालिकामा आएर निवेदन दिनुपर्ने छ र त्यसमाथि छानविन गर्दा सही देखिन आएमा नगरपालिकाले छापिदिने, उहाँको भनाइ थियो । आपूm साहित्यप्रति रुचि राख्ने व्यक्ति भएकोले यस्ता साहित्यिक गतिविधिमा निरन्तर सहयोग गर्ने पनि नगर प्रमुख अधिकारीले बताउनुभयो ।
    कार्यक्रमको औचित्य र सम्मानित स्रष्टाहरूको परिचय दिँदै डा. शैलेन्दुप्रकाश नेपालले निरन्तर ९ वर्षदेखि भाषा, साहित्यको सेवामा समर्पित संसाक मासिकले कसैप्रति भेदभाव र पूर्वाग्रह नराखी स्रष्टाहरूलाई सम्मान र तिनका सृजनाहरूलाई प्रकाशित गर्दै आएको छ, भन्नुहुँदै आगामी दिनमा पनि यो क्रम र सेवा अटुट रूपमा रहने छ, भन्नुभयो ।
    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का निवर्तमान अध्यक्ष कवि राधेश्याम लेकालीले नेपाली भाषा, साहित्य र कलाको क्षेत्रमा नेपाल सरकारबाट विनियोजित रकम केही टाठाबाठा र पहुँचवालाले मात्र आफ्नो कब्जामा पारेका छन्, भन्नुहुँदै ृसंस्कृति मन्त्रालय र प्रज्ञा–प्रतिष्ठाले यसतर्फ ध्यान पु¥याएर साँच्चै साहित्यमा क्रियाशील र निरन्तर लागिपरेका संस्थाहरूलाई पनि त्यस्ता सहयोगबाट बञ्चित गरिनुहुन्न, भन्नुभयो ।
    प्रा.डा.गार्गी शर्माले संसाक मासिक साहित्यका अनुजदेखि अग्रजसम्म हामी सबैको लागि एउटा साझा चौतारी भएको छ, भन्नुहुँदै यस्ता गतिविधि र कार्यक्रमहरूले नवप्रतिभाहरूलाई साहित्यमा लाग्न प्रोत्साहन मिल्ने र अग्रजहरूलाई आफ्ना सिर्जनाहरूमा निरन्तर परिमार्जन र परिस्कृत गर्दै लैजान सहयोग पुग्ने छ, भन्ने बताउनुभयो ।
    कार्यक्रममा स्वागत मन्तव्य राख्ने रत्नप्रसाद श्रेष्ठ अनामणि, धन्यवाद मन्तव्य राख्ने उमेश पाण्डे, सभापति भवानी मैया पन्त र कार्यक्रम सञ्चालिका तारा के.सी., शीतकार कृष्णबहादुर के.सी. ले संसाकका विविध गतिविधिहरू, यसले साहित्यमा पु¥याएको योगदान, साहित्यले समाजमा पार्ने प्रभाव, साहित्यकारका आचरण र व्यवहार, लेखक÷कविमा पदमा बस्नुपर्ने मोह, कामभन्दा नाम मात्रका च्याउभैmँ उम्रेका साहित्यिक संस्थाहरू आदिका बारेमा आआफ्ना धारणा राख्नुभएको थियो ।
    त्यस अवसरमा सम्मानित स्रष्टाहरू अमित घिमिरे, सिन्धुपाल्चोक, रेणु थापा मौनता, काठमाडौं, मेनुका चापागाई, मोरङलगायत कवि तथा लोक गायक नर बहादुर बि.सी., मुक्तककार जसध्वज गुरुङ, मुक्तककार राजेन्द्र घिमिरे सागर, कवि उक्तम विचार भेटुवालले आआफ्ना सृजना वाचन गर्नुभएको थियो ।

    संसाक स्रष्टा सम्मान–२०७८ बाट सम्मानित स्रष्टाहरू
    १. संसाक यात्री नियात्रा सम्मान– रञ्जुश्री पराजुली, काठमाडौँ ।
    २. संसाक अनामणि समीक्षा सम्मान– अरुणबहादुर खत्री ‘नदी’, काठमाडौं ।
    ३. संसाक भद्रकुमारी के.सी. मुक्तक÷हाइकु सम्मान– अमित घिमिरे, सिन्धुपाल्चोक ।
    ४. संसाक तेज÷शोभा काव्य सम्मान– रेणु थापा मौनता, काठमाडौं ।
    ५. संसाक शीत कर्ण सम्मान– देवेन्द्रराज शाक्य, बुटवल ।
    ६. संसाक गोपालराज÷मैयादेवी पाण्डे साहित्य सम्मान– मेनुका चापागाई, मोरङ ।

    सोम, भदौ २१, २०७८ खोज अनलाइनमा प्रकाशित समाचारबाट साभार।

    Facebook Comments

    सम्बन्धित खवर

    याद बॅाचिरहनेछ….!

    भाषा विहिन सम्बन्ध

    उपहारको मूल्य

    छुटाउनुभयो कि? सबै