• TOKHA LIVE

    • २० भाद्र २०७८, आईतवार १५:०३

    मनकामना केबलकार आजबाट संचालनमा

    टाेखा लाइभ डट कम /भाद्र २०,काठमाडौं
    मनकामना केबलकार आज देखि संचालनमा आएको छ।
    कोभिड-१९ को कारणले बन्द भएको केबलकार तथा रेष्टुरेन्ट लगायतका सेवा आज आइतबार भाद्र २० गते (5th September ) बाट स्वास्थ सुरक्षा मापदण्डका साथ पुन: सन्चालन हुने बारेमा मनकामना दर्शन प्रा.लिले एक सूचना जारी गरिएको छ ।

    मनकामना मन्दिर खोल्ने संबन्धमा जिल्ला प्रशासन कार्यालय, गोर्खाको निर्णय अनुसार नै संचालन  हुने समेत  उक्त सूचनामा जानकारी दिएको हो। साथै मनकामना दर्शन गर्न आउने संपुर्ण यात्रु हरूलाइ स्वास्थ सुरक्षाका नियम हरू अनिबार्य पालना गरिदिनु हुन मनकामना दर्शन प्रा.लिले अनुरोध गरेको सूचना उल्लेख छ ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै