टाेखालाइभ डट कम /भाद्र १६ ,२०७८
काठमाडौँ क्षेत्र न ५ मा नेपाली कांग्रेसको १४ औं महाधिवेशन केन्द्रित गतिविधिसँगै ईकाईको पनि अहिले तिब्र रुपमा चलिरहेको छ। महाअधिवेशन नजिकिन लाग्दा कांग्रेसका नेता कार्यकर्ताहरूको पूर्णरुपले अधिवेशन केन्द्रित हुन थालेका छन्। काठमाडौ क्षेत्र नम्बर ५ टोखा नगरपालिका वडा नं २ मा ईकाई सभापतिमा अधिवेशनको परिणाम सर्वसम्मत साथै योग्यहरूको नेतृत्वमा पुर्याउन सक्रिय छ। नेपाली काँग्रेसका इकाई नेता कार्यकर्ताहरूको भेला भेटघाट गर्दै अहिले नेपाली कांग्रेसका क्रियाशील सदस्यहरु विच नेताहरुको नेतृत्वको दाबी सहित पुगिरहेका छन्। साथै आफ्नो उम्मेदवारीको उद्देश्य र महत्वका बारेमा पनि गहण छलफल गरिरहेका छन्। यसैक्रममा नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा काठमाडौ क्षेत्र नम्बर ५ का इकाई सभापतिमा हालका हिराकाजी महर्जन डंगोलले दाबी गरेका छन्। नेपाली कांग्रेसलाई चलायमान बनाउनका लागि अग्रज प्रौढ, युवा सहित सबैलाई सम्मानजनक रूपमा समेटेर अगाडि बढाउने योजनामा रहेको बताउँदै महर्जन डंगोलले नेपाली काँग्रेसमा युवाहरूको आकर्षण बढिरहेको समयमा युवा नेतृत्व आवश्यकता रहेको र आसन्न चुनावमा युवाहरूको भूमिका महत्वपूर्ण हुने भएकोले नेपाली कांग्रेसमा आवद्ध युवाहरूको चाहना र भावनालाई सम्मान गर्दै आफूले इकाइ सभापति को दाबी गरेको बताएका छन्।
आफूले युवापुस्ताको आवाज बोल्दै अग्रजहरुलाई सम्मान दिएर कार्य गर्ने बताएका छन्। आजको यस्तो अवस्थामा संगठनको प्रत्येक संरचनामा जनताको मन जित्न सक्ने हरेक समस्यामा जुन्ध सक्ने प्रतिस्पर्धी पार्टीहरुसँग सबै विषयबाट मुकाबिला गर्नसक्ने अब्बल युवा नेतृत्व हुनुपर्नेमा अधिकांश कार्यकर्ताहरूको माग रहेको छ।
२०६७/०४/०९ गते १२ १२ औं महाधिवेशनमा ईकाई सचिव र २०७१ साल माघ २६ गते ३नं वडामा संयोजक समेत भइसक्नुभएका नेपाली कांग्रेस क्षेत्र नं ५ टोखा नगरपालिका वडा नं २ का सदस्य ईकाई सभापतिमा भिड्दै हिराकाजी महर्जन डंगोलको परिचय यतिमा मात्रै सीमित हुँदैन गहन रुपमा नियाल्ने हो भने सहजै देख्न सकिन्छ उनको झाँगिएको व्यक्तित्व सामाजिक सांस्कृतिक धार्मिक शिक्षा तथा राजनीतिकमा सक्रिय नेतृत्व एक व्यक्ति हो। टोखा नगरपालिका वडा नं२ का सदस्य हेराकाजी महर्जन डंगोल रहेका छन्। उहाँ २०७४ वैशाख ३१ गते निर्वाचितमा वडा नं २ को सदस्यमा जित सफल भएको हो। साथै अहिले इकाइ सभापतिमा भिड्दै हुनुहुन्छ।
सामाजिक कार्यमा विनाशकारी भूकम्पमा हिराकाजीको नेतृत्व:-
२०७२ सालमा आएको विनाशकारी भूकम्पमा व्यक्तिगत उहाँले त्रिपाल खाद्यान्न सामग्री घरदैलोमा समेत गएर सहयोग गरेको थियो। भने समाजसेवा गर्दै अनाथ विद्यार्थीहरुलाई कलेज पढाउने कार्यसमेत गरेका छन्। हिराकाजी महर्जन डंगोल समाज सेवा तथा आफ्नो कर्तव्य पूरा गर्न हरदम ज्यान दिई लागि परेका छन्। उहाँले चण्डेश्वरी देखि गले र गणेशथान सम्म सडक बत्ती हाल्ने कार्यमा उहाँले पहल गरेको थियो।
धार्मिक तथा सांस्कृतिक क्षेत्रमा मठमन्दिर जिर्णोद्वार तथा

निर्माण कार्यमा उहाँ सधै सक्रिय:-
टोखा नगरपालिका वडा नं २ मा रहेका मठ- मन्दिरहरुमा जस्तै महांकाल मन्दिरमा व्यक्तिगत आर्थिक रकम हाली मन्दिरको जिर्णोद्धार गर्नुभएको थियो। भने संकटा मन्दिरमा टेङ्कि र धाराको जडान गरिएको, नारेश्वर मन्दिर निर्माणमा उहाँको विशेष सहयोग ,टोखामा रहेको भीमसेन मन्दिर निर्माणमा पुरातात्व विभागमा उहाँकै समन्वयन गरी निर्माण कार्य गरेको धेरै उदाहरणहरु रहेको छ। ऐतिहासिक पौराणिक तथा गोरवमय धार्मिक स्थल मन्दिर प्राङ्गणको बृहत सर सफाइ जीर्णोद्धारको कार्यक्रममा उपस्थित भई समाजसेवीहरूको सर्वसहमति बाट मन्दिर तथा उक्त स्थलमा रहेको बोटबिरुवा विभिन्न प्रकारका फूलका बिरुवा रोप्ने कार्य गर्दै आएको हामी सबैमा अवगत नै रहेको छ।
खेलकुद तथा शिक्षाक्षेत्रमा उहाँले ठूलो योगदान गरेको छ।
चण्डेश्वरी स्कुलमा अक्षय कोष स्थापना गरी चण्डेश्वरी स्कुललाई माध्यमिक बनाउन कार्यरत भई शिक्षा क्षेत्रमा टेवा पुर्याउनु भएको छ। शिक्षा स्वास्थ्य र रोजगारी कार्यमा उहाँ सधै पहल गरिरहने एक नेतृत्व व्यक्ति हुनुहुन्छ। बेरोजगार युवाहरूलाई विभिन्न कार्य र रोजगारी क्षेत्र प्रदान गरिने दिएका छन्। हरेक महिला समुह र युवा सम्म संघसंस्था दर्ता गरी उनीहरूको विकासको लागि आफू दिनरात नभनी सेवा दिन हिडेको हामी सबैले देखेका नै छौं।
कोभिड-१९ अभियानमा उहाँको भूमिका:-
कोभिड-१९ संक्रमण कालमा जब लक्डाउ सुरु भयो त्यस समयमा उहाँ आफै संयोजक भई युवाहरुलाई समेटेर कार्य भाग डिउटी छुट्टाएर दिनरात जनता को सेवामा खटिएको थियो। कोभिड-१९ को समयमा खान नपाएर छट्पटाइ रहेनु भएका विभिन्न निमुखा जनताहरुलाई उहाँ आफैं घरदैलोमा पुगी ग्यास सेनिटाइजर माक्स बितरण गर्दै कोभिड पोजेटिभ भएका जनतालाई आइसोलेशनको व्यवस्था मिलाइदिएको तथा अक्सिजन अभावका कारण कैयौं बिरामीहरुले ज्यान गुमाइरहेको अवस्थामा पनि उहाँले चण्डेश्वरी अस्पतालमा अक्सिजन सिलिन्डरको व्यवस्थाका लागि अहोरात खटिएको र धेरै विरामीहरुको ज्यान बचाएका थिए। यस्तो समयको अभियानको थकाइ मान्न नपाउँदै कोभिड संक्रमणका विरुद्ध काठमाडौँ टोखामा विभिन्न ठाउँ टोलमा जनचेतनामूलक अभियानको सुरुवात गर्दै आफ्नो टोलमा पनि अभियानको सुरुवात गर्दै आफ्नो समाज सेवा प्रतिको लगावलाई निरन्तरता दिइरहेका छन्।
यसरी सामाजिक रूपमा उल्लेख्य काम गरिरहेका हेराकाजी महर्जन डंगोल देशकै पुरानो पार्टी नेपाली कांग्रेसको टोखा नगरपालिका वडा नं २ ईकाई सभापतिमा उम्मेदवारी दिनु स्वाभाविक छ। जनतासँग गहिरो सम्बन्ध पार्टीका साथीहरूसँग मित्रवत व्यवहार पार्टी र देशप्रति पूर्ण बफादार हेराकाजी महर्जन डंगोल नेतृत्वको आवश्यकता पक्कै पनि पार्टीलाई छ। उहाँसँग पार्टीभित्र सबैलाई मिलाएर लैजान सक्ने क्षमता देखिन्छ त्यसैले पनि कांग्रेसको क्षेत्र नं ५ टोखा नगरपालिका वडा नं २ ईकाई सभापतिमा उनको सम्भावना दावी मजबुत रहेको देखिन्छ।
उहाँको भावी योजना पार्टीमा अहिले नेपालको परिवेशमा युवाहरूको पार्टीका रुपान्तरण पुस्तान्तरण हस्तान्तरण हुनुपर्छ भन्ने उहाँको धारणा रहेको छ।उहाँ खेलकुद प्रेमी पनि हुनुहुन्छ। उहाँले धेरै खेललाई सहयोग पनि गरेको छ। जस्तै तेक्वाण्डाे, फूटबल रङ्गि , उहाँ आफै पनि रनिङमा भाग लिन विभिन्न देश समेत पुगिसकेका छन्। भने समाजसेवा हेराकाजी महर्जन डंगोल विभिन्न देशमा भागलिन पुगिसकेका छन्। श्रीलंका, ब्रुनाइ भने देशमा गएर भाग लिदा उहाँ पूर्ण छैठौं हुनुभएको थियो।

