नविना श्रेष्ठ
टाेखालाइभ डट कम /भाद्र १५,२०७८
नेपाल स्काउट बागमती प्रदेश सिन्धुपाल्चोक जिल्ला अन्तर्गतका १० वटा स्थानीय स्काउटका संयोजकहरुको दीक्षान्त एवं पद तथा गोपनीयताको सपथ ग्रहण समारोह सम्पन्न भएको छ।
नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा आइतबार एक आयोजित समारोहमा स्थानीय स्काउटका संयोजकहरुलाई नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक वहादुर भण्डारीले स्काउट दीक्षान्त एवं पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको हो।

कार्यक्रममा बाह्रबिसे नगरपालिकाका संयोजक मौसमी गुरुङले अबका दिनहरुमा सिन्धुपाल्चोक जिल्लाका पालिकाहरुमा कसरी स्काउट संचालन गर्ने तथा एक घर एक स्काउट अभियान संचालन गर्ने स्काउटका गतिविधिहरु कसरी अगाडि बढाउने भन्ने विषयमा सबै एक साथ भई सल्लामा जनसकिने सबैलाई आग्रह गरेका छन्।
दीक्षान्त कार्यक्रम समारोह पश्चात स्थानीय संयोजकहरुलाई नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईले स्काउटका अभिमुखीकरण तालिम समेत प्रदान गर्नु भएको थियो। दीक्षान्त कार्यक्रममा नेपाल स्काउटका राष्ट्रिय तदर्थ समितिका सदस्य विजेन्द्र ध्वजु, वागमती प्रदेशका संयोजक केश रत्न ब्रजाचार्य, प्रदेश सदस्यहरू शिवराम अर्याल,शरण महर्जन, अजित लामा, विजेश्वरी अमात्य, लगायतको उपस्थिति रहेको थियो।

