टाेखालाइभ डट कम /भाद्र १४,२०७८
नेपाली काँग्रेसले जिल्ला र प्रदेश सभापति पदमा निर्वाचित हुन खसेको कुल मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने भएको छ । नेपाली काँग्रेसले आसन्न १४औँ महाधिवेशनमा हुने विभिन्न तहको निर्वाचनलाई व्यवस्थाअनुसार केन्द्र,लक्षित गरी जारी निर्वाचन निर्देशिका–२०७८ले निर्वाचनसम्बन्धी यो व्यवस्था गरेको हो। सो व्यवस्था अनुरूप ५० प्रतिशतभन्दा बढी मत कुनै पनि उम्मेदवारले ल्याउन नसकेको अवस्थामा पहिलो र दोस्रो मत प्राप्त गरेका दुई उम्मेदवारबीच पुनः मतदान गराउनुपर्ने प्रावधान छ ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको निर्वाचनका लागि पार्टीको केन्द्रीय कार्यसमितिले स्वीकृत गरी निर्वाचन निर्देशिका सार्वजनिक गरिएको हो ।

