नविना श्रेष्ठ
टाेखालाइभ डट कम /भाद्र १२,२०७८
नेवाः राजनीतिक अभियानको अर्धवार्षिक कार्यक्रम यसपालि भर्चुअल माध्यमबाट सम्पन्न भएको छ।कार्यक्रम बिहिवार साँझ ६ बजेदेखि ८ बजेसम्म भएको थियो। नेवाः राजनीतिक अभियानका अध्यक्ष श्री कृष्ण मानन्धरको सभाध्यक्षतामा भर्चुअलवाट कार्यक्रम नेवाः राजनीतिक अभियानका सचिव विद्या चित्रकारले सञ्चालन गरेको थियो।

नेवा राजनीति अभियानका संरक्षक डाक्टर महेशमान श्रेष्ठले संस्थालाई एक ढिक्का बनाउन उहाँले गरेको त्याग, उत्पेरणा र योगदानले गर्दा आजको दिन सम्म एकजुट हुन सफल भएका छन्। कार्यक्रमका अतिथि नेवा आदिवासी नेवा जागरण अभियानका अध्यक्ष श्री कृष्ण महर्जन पनि साथमा जोडिएको थियो।
३० वटा ग्वाहाली पूचका अध्यक्ष, उपाध्यक्ष कोषाध्यक्ष सक्रिय सदस्यहरूको भर्चुअलमा जोडिएको थियो। सबैले भर्चुअलबाट नै अर्धवार्षिक कार्यक्रमको प्रतिवेदन पेस गरेको थियो। नेवा राजनीति अभियानमा आर्थिक, संस्थाका गतिविधिहरु प्रस्तुत गरेको थियो।

नेवा राजनीति अभियानको उद्देश्य भनेको आफ्नो भाषा कला सास्कृतिक जोगाउने तथा संविधानले दिएको अधिकार आदिवासी जनजातिको अधिकार पाउनु पर्ने तथा नेवार बस्तीमा नेवार सँग अनुमतिविना बनाएको योजनाहरसंग लड्नु पर्ने नेवार राजनीति अभियानका संरक्षक डाक्टर महेशमान श्रेष्ठले बताए। हामी नेवार सवै एकजुट हुनुपर्ने, जनचेतना सृजनशील भएका नेवा युवाहरु एक ढिक्का हुनुपर्नेमा डाक्टर श्रेष्ठले सबै युवा हरुलाई आग्रह समेत गरेका थिए ।

भर्चुअल माध्यमबाट भएको कार्यक्रममा नेवाः ग्वाहाली पूच , नेवाः मिस ग्वाहाली पूच, मघा ग्वाहाली पूच,ल्यासे ल्याम ग्वाहाली पूच, रहेको अभियानका अध्यक्ष भर्चुअल कार्यक्रमका सभाध्यक्षता श्री कृष्ण मानन्धरले जानकारी दिनुभयो।

