• TOKHA LIVE

    • १२ भाद्र २०७८, शनिबार १८:३६

    धुलिखेलमा स्थानीय स्काउटका संरक्षक प्रमुख स्काउट सदस्य सचिवको दिक्षान्त समारोह सम्पन्न

    नविना श्रेष्ठ
    टाेखालाइभ डट कम /भाद्र १२,२०७८

    धुलिखेल नगरपालिकाका स्थानीय स्काउटको संरक्षक प्रमुख स्काउट सदस्य सचिवको हिजो एक कार्यक्रम आयोजनामा दिक्षान्त एवं पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम समारोह सम्पन्न भएको छ।

    धुलिखेल नगरपालिकाका नगर संयोजक सिवि तामाङको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल स्काउट संयोजक लोकवहादुर भण्डारीको प्रमुख अतिथ्यतामा रहेको थियो। शुक्रबार धुलिखेल नगरपालिकामा भएको दिक्षान्त कार्यक्रममा नगर प्रमुख  अशोक कुमार व्यान्जु श्रेष्ठ , उपप्रमुख विमला शर्मा  तथा शिक्षा शाखा प्रमुख एवं नेपाल स्काउट धुलिखेल नगर सदस्य सचिव माधवप्रसाद शर्मा उहाँहरुलाई नेपाल स्काउट राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले दीक्षा दिएको थियो। समारोहमा आफ्नो मन्तब्य राख्दै धुलिखेल नगरपालिकाका स्थानीय स्काउटका संरक्षक नगरप्रमुख अशोक व्याजुं श्रेष्ठले स्काउटलाई नेपाल भरिकै एक नमुना धुलिखेल नगर स्काउट बनाउन कुनै कसर बाँकी नराख्ने बताउनुभयो।

    कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्ने क्रममा नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकवहादुर भण्डारीले स्थानीय सरकारको प्रत्यक्ष संलग्नतामा विश्व स्काउटको भिजन २०२३ को लक्ष्य पुरागर्न नेपाल स्काउट उल्लेखनीय भूमिका खेल्ने बताए। प्रत्येक विद्यालयमा स्काउटको जन्म भयो भने सामाजिक विकासमा टेवा पुग्ने तथा विपत व्यवस्थापनमा धेरै युवाहरुको साथ हुने बताउनुभयो। बालबालिका युवाहरुका लागि स्काउटले ठूलो भूमिका खेलेको छ। साथै धुलिखेल नगरमा पनि स्थानीय संरक्षक प्रमुख स्काउट सदस्य सचिवको साथले नगर स्काउट नमूना हुने विश्वास रहेको बताए।

    कार्यक्रममा सभाध्यक्ष नगर स्काउटका संयोजक सिवि तामाङले धुलिखेल नगरपालिकामा युवाहरूको साथ सहयोग रहने तथा कुनैपनि विपत् व्यवस्थापनको लागि युवा शक्ति एकजुट रहने बताए। मानव विकासका लागि युवाहरूको थुलो भूमिका रहेकोमा धुलिखेल नगर युवाहरु सक्रिय रहने जानकारी दिनुभयो। जिल्लाको नगर समाज देशको विकासको लागि युवा शक्तिको खाँचो रहेकोमा अब नेपाल स्काउट बाट भव्य युवाशक्ति उत्पादन भएको र सधै रहिरहने प्रतिवद्धता जनाउनुभयो।

    कार्यक्रममा विशेष अतिथिहरुमा धुलिखेल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेल, अतिथिमा नेपाल स्काउट बागमती प्रदेश संयोजक केश रत्न ब्रजाचार्य, नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराई, प्रमुख सेनानी कालीजग गण धुलिखेल गणपति मिलन थापा नेपाल स्काउट बाग्मती प्रदेश सदस्य शिव राम अर्याल, अजित लामा , धुलिखेल नगरका १२ वडाका वडाध्यक्षहरु, शिक्षाविद् एवं पूर्व नेपाल स्काउटका बेद प्रसाद कोजु,पत्रकार महासंघ काभ्रेका पूर्वअध्यक्ष धुलिखेल नगरपालिकाका प्रेस संयोजक मोतीराम तिमल्सिना , नेपाल स्काउट पनौती नगर संयोजक मिलन श्रेष्ठ, नेपाल स्काउट बनेपा नगर संयोजक सुनिल मानन्धर, नेपाली स्काउट पाँचखाल नगर संयोजक प्रताप लामा, नेपाल स्काउट नमोबुद्ध नगर संयोजक हरेराम व्याकुरेल, नेपाल स्काउट भुम्लु गाउँपालिकाका संयोजक बिनोद ठकुरी ,नेपाल स्काउट माहभरत गाउँपालिकाका संयोजक सोभित मोक्तान, चौरि देउराली गाउँपालिकाका संयोजक सुनिल दोङ, बेथानचोक गाउँपालिका संयोजक निर्मला संजेल, तेमाल गाउँपालिका संयोजक पाल्देन लामा , मण्डनदेउपुर नगर संयोजक विकास गौतम रोशी गाउँपालिका संयोजक उत्तर लामा, धुलिखेल नगर युवा परिषद कार्यकारी उपाध्यक्ष राम वाईवा, कार्यकारी उपाध्यक्ष धुलिखेल नगर जनजाति परिषद् संजिता लामा,कार्यकारी अध्यक्ष धुलिखेल महिला जनजाति परिषद् लाल तारा अधिकारी ,कार्यकारी उपाध्यक्ष धुलिखेल अपाङ्ग जनजाति परिषद् देव कृष्ण देवजु, लगायत सम्पूर्ण वडासदस्य विभिन्न विद्यालयका शिक्षक संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधिहरू उपस्थित रहेको थियो।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै