• TOKHA LIVE

    • ११ भाद्र २०७८, शुक्रबार ०८:४६

    बुढानीलकण्ठ-१ तौलुङ्गमा एक व्यक्तिको शंकास्पद मृत्यु ,ट्याक्सी चालक पक्राउ

    टाेखालाइभ/भाद्र ११,काठमाडौं 

    बुढानीलकण्ठ नगरपालिका वडा नं १ तौलुङ्गमा फेला परेका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ। अचेत अवस्थामा फेला परेका  उनको  उपचारका कर्ममा मृत्यु भएको हो।

    तौलुङ्गमा फेला परेका ति व्यक्तिको  हत्या गरिएको आशंकामा  नुवाकोट घर भइ बुढानीलकण्ठ लगायतको रुटमा ट्याक्सि चलाउँदै आएका  जानकारी महानगरिय प्रहरी प्रभाग बुढानीलकण्ठका प्रमुख प्रहरी निरिक्षक राजकुमार तामाङ्गले जानकारी दिएका छन ।

    मृत्यु हुने  बुढानीलकण्ठ नगरपालिका वडा नं ३ स्थित पार्क भिलेज नजिकैका स्थानिय  ७६ वर्ष उमेर का विष्णु कुँवर रहेका छन।

    बिहान करिव ७ बजेको समयमा दैनिक नित्य कर्मका लागि दैनिक  नारायणस्थान चोक र देउवा चोक बिचमा रहेको भगवती मन्दिरमा आउने उनि भाद्र ७ गते पुजाआजा गरि घर फर्किँदै गर्दा ट्याक्सीले ठक्कर  दिएको र सो व्यक्तिलाई ट्याक्सिमा हालेको दृष्य सिसिटिभीमा देखिए पछी प्रहरीले ट्याक्सी चालकको खोजी गरेको थियो।

    बा २ ज ३९२६ नम्बरको ट्याक्सी चालक राजन तामाङ्ग सो  घटना पश्चात् बा २ ज ३९२६ नम्बरको ट्याक्सि कपनमा पार्क गरि नुवाकोट फरार भएका थिए।

    अनुसन्धानका क्रममा अन्य ट्याक्सि चालक तथा नजिकका व्यक्तिहरुलाई नियन्त्रणमा लिई सोधखोज गर्दा  व्यक्ति टोखाको झोरमा रहेको जानकारी प्राप्त भएसँगै भाद्र १० गते  करिव ४ बजेको समयमा पक्राउ गरिएको थियो ।फोटो सौजन्य/ बिएसजी न्युज :

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै