टाेखा लाइभ डट कम / भाद्र ११, २०७८
काठमाडौं । माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट पहिलो पेशागत संगठनका रुपमा समाजवादी प्रेस नेपालको जन्म भएको छ । सो पार्टीमा आवद्ध पत्रकारहरुको भेलाले आज उक्त संगठनको नामाकरण गर्दै संगठनका नेता विश्वमणि सुवेदीको अध्यक्षतामा समाजवादी प्रेस नेपाल गठन भएको छ।
भेलाले संगठनको तदर्थ समितिको संयोजकमा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठलाई जिम्मेवारी दिएको छ । उक्त समितिले दुई साताभित्र राष्ट्रिय भेलाको आयोजना गरी केन्द्रीय समितिलाई पूर्णता दिने भएको छ ।
भेलामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेताहरु राजेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ, डा. विजय पौडेल, वरिष्ठ पत्रकार बालकृष्ण चापागाईं, किशोर श्रेष्ठ सहितको उपस्थिति रहेको थियो ।

