• TOKHA LIVE

    • ५ भाद्र २०७८, शनिबार ०६:२९

    नेपाल स्काउटको ४४ औं ब्वाय स्काउट एडभान्स तालिम सम्पन्न

    नबिना श्रेष्ठ
    टाेखालाइभ डट कम /भाद्र ५, २०७८

    नेपाल स्काउटको ४४औं व्बाय स्काउट एडभान्स तालिम सम्पन्न भएको छ। गत श्रावण २४ देखि ३० सम्म गण्डकी प्रदेशको पोखराको माटिखानमा आयोजित तालिममा सातै प्रदेश वाट सहभागी भएको थियो। सहभागीमा ३२ जना स्काउटरहरु सहभागी भएका थिए।

    तालिमको  कोर्षलिडरको रुपमा नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका सदस्य एवं राष्ट्रिय प्रशिक्षक विजेन्द्र ध्वजु रहनुभएको थियो।

    तालिमको समापन कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक वहादुर भण्डारीको विशेष उपस्थिति रहेको थियो। समापन कार्यक्रममा आफ्नो मन्तव्य राख्दै संयोजक भण्डारीले जस्तो सुकै अप्ठेरो आएपनि स्काउटिगं गतिविधि नरोकिने वताउनु भयो।

    पछिल्लो समय स्काउटका नाममा स्काउटलाई नै सक्ने खेल भैरहेकोमा संयोजक भण्डारीले चिन्ता व्यक्त गनुभयो।कार्यक्रममा नेपाल स्काउट राष्ट्रिय तदर्थ समिति सदस्य शिव वहादुर भण्डारी, नेपाल स्काउट वागमती प्रदेशका संयोजक
    केश रत्न ब्रजाचार्य , लगायतको विशेष उपस्थिति रहेको थियो। समापन कार्यक्रममा आफ्नो मन्तव्य राख्दै संयोजक भण्डारीले जस्तो सुकै अप्ठेरो आएपनि स्काउटिगं गतिविधि नरोकिने वताउनु भयो।  पछिल्लो समय स्काउटका नाममा स्काउटलाई नै सक्ने खेल भैरहेकोमा संयोजक भण्डारीले चिन्ता व्यक्त गनुभयो। कार्यक्रममा नेपाल स्काउट राष्ट्रिय तदर्थ समिति सदस्य शिव वहादुर भण्डारी लगायतको उपस्थिति रहेको थियो।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै