• TOKHA LIVE

    • ३ भाद्र २०७८, बिहीबार १८:४९

    राष्ट्रपति विद्यादेवी भण्डारीसंग नेपाल स्काउटको सातै प्रदेशका संयोजकहरुको भेटघाटः

    नविना श्रेष्ठ
    टाेखालाइभ डट कम /भाद्र ३,२०७८

      काठमाडौं -सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीसंग नेपाल स्काउटको सातै प्रदेशका संयोजकहरुको प्रतिनिध मण्डलले आज भेटघाट गरेका छन्।

    सम्माननीय राष्ट्रपतिको कार्यालय शीतल निवासमा भएको भेटमा नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक वहादुर भण्डारी लगायत नेपाल स्काउटको  केन्द्रीय नेतृत्वका साथै प्रदेश स्काउटका संयोजकहरुको सहभागिता रहेको थियो।
    भेटमा नेपाल स्काउटसंग सम्वन्धित समसामयिक विषय वस्तुमा छलफल भएको थियो।

    सम्माननीय राष्ट्रपतिले नेपाल स्काउटका पछिल्ला गतिविधिहरुको प्रशंसा गर्नुका साथै नेपाल सरकारले बोकेको १३००० सामुदायिक विद्यालयमा स्काउट  विस्तारको अभियानमा गम्भीरता पूर्वक लाग्न र यसक्रममा आइपर्ने हरेक अवरोधसंग डटेर अघी बढ्न सम्माननीय राष्ट्रपति भण्डारीले सल्लाह समेत दिइएका छन्।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै