• TOKHA LIVE

    • १ भाद्र २०७८, मंगलवार १६:०६

    दल विभाजन सम्बन्धी नयाँ अध्यादेश २० प्रतिशत पुर्‍याए दल विभाजन गर्न पाइने

    टाेखालाइभ डट कम/भाद्र १,२०७८
    काठमाडौं/नेपाल सरकारले दल विभाजनसम्बन्धी नयाँ अध्यादेश ल्याएको छ। आज मंगलबार बसेको मन्त्रिपरिषद बैठकले समिति वा संसदीय दलमा २० प्रतिशत पुर्‍याएर नयाँ दल दर्ता गराउन सक्ने गरी सरकारले अध्यादेश ल्याएको हो।ऐनको व्यवस्थालाई संशोधन गर्न ल्याइएको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्‍याए नयाँ दलको मान्यता पाउने व्यवस्था गरिएको छ।

    यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या पुग्नुपर्ने व्यवस्था थियो।

    अध्यादेश आएसँगै जसपा महन्थ ठाकुर पक्ष र एमाले माधवकुमार नेपाल पक्षलाई सहज हुनेछ।
    मन्त्रिपरिषद बैठक सकेसँगै प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न आज शीतल निवास पुगेका छन्।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै