• TOKHA LIVE

    • ३२ श्रावण २०७८, सोमबार १९:४५

    कुमारी बैंकको १० हजार नगद सहित’ कुमारी स्मार्ट १ महिने लगिन च्यालेन्ज’अभियान शुरु

    टाेखालाइभ /श्रावण ३२,२०७८

    कुमारी बैंकको १० हजार नगद सहित’ कुमारी स्मार्ट १ महिने लगिन च्यालेन्ज’ Kumari Smart 1-month Login Challenge” नामक आकर्षक अभियान शुरु गरेको छ ।डिजिटल भुक्तानी प्रणालीबाट हुने कारोबारलाई दैनिक जनजीवनमा व्यवहारिक बनाउन प्रोत्साहित गर्ने उद्देश्यले कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई लक्षित गरी शुरु गरिएको उक्त अभियानमा Lucky draw मार्फत प्रत्येक हप्ता १० जना र महिनाभर ४० जना भाग्यशाली सहभागीहरुले रु १,००० का दरले पुररस्कार प्राप्त गर्नेछन् । यस अभियानको अन्त्यमा एक भाग्यशाली कुमारी स्मार्ट प्रयोगकर्ताले बम्पर उपहार रु १०,००० नगद प्राप्त गर्न सक्नेछन् ।कुमारी बैंकले डिजिटल प्रणाली मार्फत सधै आफ्नो सेवाग्राहीहरुमा उत्कृष्ट सेवा प्रदान गर्न अत्याधुनिक डिजिटल बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे छ साथै यस अभियान मार्फत डिजिटल कारोबारलाइ अझ प्रोत्साहित गर्दै यस महामारीको विषम परीस्थितिमा डिजिटल प्रविधिको प्रयोग द्घारा स्वस्थ जीवनयापन गर्न सहयोग पुग्नेमा बैंक विश्वस्त छ ।

    यस अभियानमा सहभागी हुन ग्राहकहरुले सो अभियान शुरू भएको १ महिना सम्म तल मध्ये न्यूनतम कुनै एक कार्य दैनिक रुपमा गर्नुपर्नेछ । सो अभियान भाद्र १ २०७७ देखि सुरू हुदैंछ ।
    १. Kumari Smart बचत एप मार्फत आफ्नो खाताको विवरण (Bank Statement) हेर्ने अथवा
    २. टप–अप, बिल भुक्तानी, क्यूआर भुक्तानी वा बैंक ट्रान्सफर गर्नुपर्नेछ

    कुमारी बैंकले आफ्ना देशव्यापी १९४ शाखा सञ्जाल, १६५ एटिएम, २८ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै