• TOKHA LIVE

    • ३२ श्रावण २०७८, सोमबार १९:२३

    अफगानिस्तानमा फसेका नेपालीलाई सकुशल शीघ्र उद्धार गर्ने सरकारको निर्णय

    टाेखालाइभ/ श्रावण ३२,२०७८

    काठमाडौं : सरकारले तालिबानको कब्जामा परेको अफगानिस्तानमा फसेका नेपालीलाई सकुशल शीघ्र उद्धार गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै नेपालीको उद्धार गर्ने निर्णय गरेको हो ।
    त्यसका लागि नेपाल सरकारका सम्बन्धित निकायहरुले समन्वयात्मक रुपले कार्य अघि बढाउन निर्देशन दिने निर्णय समेत मन्त्रिपरिषद बैठकले गरेको छ ।

    अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो दिँदै त्यहाँ रहेका नेपाली नागरिकलाई सकुशल शीघ्र उद्धार गर्ने निर्णयमा सरकार पुगेको हो ।

    त्यस्तै, भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरुका बाँकी रहेका समस्या सम्बोधन गर्न माग गर्दै बेलायतको लण्डनमा जारी आमरण अनशनमा समेत सरकारले चासो देखाएको छ ।

    गोरखा सैनिकको समस्यालाई कूटनैतिक माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको र यससम्बन्धी कूटनैतिक प्रक्रिया समेत अगाडि बढिसकेको सन्दर्भमा आमरण अनशन फिर्ता लिन सरकारले भूपू गोर्खा सैनिक सम्बद्ध सबैलाई आग्रह समेत गरेको छ । आजको मध्यान्ह दैनिकबाट

    Facebook Comments

    छुटाउनुभयो कि? सबै