• TOKHA LIVE

    • ३२ जेष्ठ २०७७, आईतवार १६:२०

    थप १९३ जनामा कोरोना संक्रमण पुष्टि, कहाँ कति थपिए ?

    काठमाडौं,थप १ सय ३७ जनामा कोभिड—१९ पुष्टि भएको छ । आइतबार आएको कोरोना रिपोर्ट अनुसार भेरी अस्पतालको प्रयोशालामा गरिएको परीक्षणमा ७ जनाको कोरोना पोजेटिभ आएको छ। जसमध्ये बाँकेका ३ जना, बर्दियाका ३ जना या रुकुममा ३ जना रहेका छन्। त्यस्तै, भैरवाको प्रयोगशालामा गरिएको परीक्षणमा २६ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये पाल्पाका १७ जना, नवलपरासीका २ जना, रुपन्देहीका ३ जना, गुल्मीका ४ जना रहेका छन्।

    सुर्खेतको प्रयोगशालामा भएको परीक्षणमा ४९ जनामा कोरोना संक्रमण देखिएको छ। जसअनुसार दैलेखमा ३६ जना, सुर्खेतमा १५ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै गरी जुम्लाको प्रयोगशालामा जुम्लकै २ जनाको रिपोर्ट पोजेटिभ आएको छ। यस्तै, राप्तिको प्रयोगशालामा गरिएको परीक्षणमा ५६ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये दाङका ४७ जना, प्युठानका ९ जना रहेका छन्। प्रदेश प्रयोगशालामा २७ जनामा कोरोना रिपोर्ट पोजेटिभ आएको छ। रिपोर्ट अनुसार मोरङमा २६ र सुनसरीमा १ जनामा कोरोना देखिएको छ। त्यस्तै, वीरगञ्जस्थित नारायणी अस्पतालको

    प्रयोगशालामा २६ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये पर्साका थप १७ जनामा कोरोना पुष्टि भएको हो।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै