टाेखा लाइभ डट कम / असार ३०, २०७८
काठमाडौं । वरिष्ठ नेता माधव कुमार नेपाललाई भेट्न नवनियुक्त प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाल निवास कोटेश्वर पुग्नुभएको छ ।
नेपालको निवासमा दुई नेताबीच नयाँ राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ ।आज प्रधानमन्त्री देउवालाई नेता नेपालले नै आफ्नो निवासमा निम्तो दिनुभएको स्रोतले बताएको छ ।
नेपाल समूहकै २६ जना सांसदको समर्थनमा देउवा प्रधानमन्त्री नियुक्त हुनुभएको हो ।

