• TOKHA LIVE

      TOKHA LIVE

    • २७ असार २०७८, आईतवार १९:५२

    सोमबार अमेरिकाबाट १५ लाख डोज खोप नेपाल आउँदै

    टाेखालाइभ/ असार २७ काठमाडौं:

    सोमबार अमेरिकाबाट १५ लाख डोज जोनसन एन्ड जोनसन खोप नेपाल आइपुग्दै छ।
    यो खोप ५० देखि ५५ वर्ष उमेर समूहका, शिक्षक र वैदेशिक रोजगारीमा जानेहरूलाई दिने सरकारले तयारी गरेको छ।
    विगतमा तोकिएको उमेर समूह छुटेकालाई प्राथमिकतामा चीनबाट ल्याइएको भेरोसेल खोप दिइने भनिएको थियो। तर यो खोप कसलाई कुन उमेर समूहलाई दिइने भन्ने औपचारिक निर्णय भने भइसकेको छैन।

     

    तर ५० देखि ५५ वर्ष उमेर समूहकालाई र वैदेशिक रोजगारीमा जाने मुख्य प्राथमिकता हुने सरकारले बताएको छ। यसबारे छलफल भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले बताए।‘कसलाई दिने भन्ने निर्णय त भएको छैन’, पौडेलले भने, “हामीले बनाएको खोप गाइडलाइनअनुसार अब ५० देखि ५५ वर्ष उमेर समूह हो। त्यसपछि केही लक्षित समूहलाई पनि लगाइन्छ होला।”

    अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको खोप ब्रसेल्सबाट स्थानीय समयअनुसार आइतबार नेपालका लागि प्रस्थान गर्ने र सोमबार बिहान नेपाल पुग्ने कार्यतालिका रहेको छ। – मध्यान्ह दैनिकबाट

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै