टोखा लाइभ ।२०७८ असार २३ गते
काठमाडौं । बलिउड अभिनेता दिलीप कुमारको निधन भएको छ । भारतीय समयानुसार बुधबार बिहान साढे सात बजे मुम्बईको खार हिंदुजा अस्पतालमा ९८ वर्षको उमेरमा उनको निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । समाचारमा जनाइएअनुसार उनी लामो समयदेखि बिरामी थिए ।
उनले ‘ज्वार भाटा’ (१९४४), ‘अंदाज’ (१९४९), ‘आन’ (१९५२), ‘देवदास’ (१९५५), ‘आजाद’ (१९५५), ‘मुगल-ए-आजम’ (१९६०), ‘गंगा जमुना’ (१९६१), ‘क्रान्ति’ (१९९१), ‘कर्मा’ (१९८६) और ‘सौदागर’ (१९९१) समेतगरी ५० भन्दा बढी बलिउड फिल्ममा अभिनय गरेका छन् ।

