टोखा लाइभडट कम/ असार १७, काठमाडौं
नेकपा एमालेका वरिष्ठ नेता एवं पुर्वप्रधानमन्त्री माधव कुमार नेपालले आज नेकपा एमालेका आमा स्व. रत्न माया डंगोलको ४५ औं श्रद्धाञ्जली सभामा उपस्थिति हुनुभएको छ।

इतिहासकी एक ममतामयी आमा स्व.रत्न माया डंगोल उहाँको निवास टाेखा पुगि स्व.आमाको तस्वीरमा माल्यार्पण गरि हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै क्रिया बसिरहनु भएका उहाँका छोराहरु धनवीर डंगोल , रामकृष्ण डंगोल र देवराज डंगोल लगायत परिवारमा स्व.आमाको निधनले पुगेको अपुरणीय क्षतिले परिवारमा धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भनी भगवानसंग प्रार्थना गर्नुभयो।

स्व. रत्न माया डंगोलको ४५ औं श्रद्धाञ्जली सभामा बागमती प्रदेश कमिटी सदस्य अष्ट नारायण डंगोल ,शान्ति अधिकारी र गणेशमान श्रेष्ठ त्यसै गरि जिल्ला कमिटी सदस्य शुसान्त डंगोल , माइला श्रेष्ठ र रामकृष्ण सेढाई , टाेखा नगर उप -प्रमुख ज्ञानमाया डंगोल , टाेखा चण्डेश्वरी गाविस पुर्व अध्यक्ष कसिनारायण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियोे ।

पन्चायत कालमा तत्कालिन नेकपा(माले) पार्टीले वि.सं. २०४६ सालको जनआन्दोलन हाकिरहेको अवस्थामा त्यतिखेर पोलिटव्युरोको बैठक र पार्टी कमिटीलाई बारम्बार बैठकमा आमा रत्नमाया डंगोलले सेल्टर दिएर अभिभावकत्व ग्रहण गर्नुभएको नेकपा एमालेका वरिष्ठ नेता एवं पुर्वप्रधानमन्त्री माधव कुमार नेपालले बताउनुभयो।

देशले पन्चायत कालमा जनआन्दोलन हाँकिरहेको अवस्थामा पार्टीका नेताहरू क. झलनाथ खनाल, क. मदन भण्डारी , क. माधव नेपाल, क.अष्टलक्ष्मी शाक्यलाई त्यति बेला आमा रत्नमाया डंगोलले उहाँकै घर टाेखामा सेल्टरमा राखेकी थिइन । त्यतिखेर पार्टीको पोलिटव्युरोको बैठक र पार्टी कमिटीका बैठक वहाँकै सेल्टरमा चल्ने गर्द्थे । यसमा रत्न मायाले सहज वातावरण मिलाई दिएकि थिइन्। उहाँकै घरमा भएका विभिन्न आन्दोलनका अनेक रणनीतिक बैठकहरूमा उहाँले निभाउनु भएको त्यो असल व्यक्तित्व र छवि अहिले पनि चर्चा परिचर्चा हुने गरेको छ ।
ने.क.पा. एमालेका आमा एवं टोखाको इतिहासकी साहसिक महिला आमा रत्नमाया डंगोलको ८६ वर्षको उमेरमा गत जेठ ४ गते आफ्नै निवासमा उहाँको निधन भएको थियो । आमाको निधनले नेपालको राजनीतिज्ञलाई टुहुरा बनाएको छ भने एक असल अभिभावक गुमाएको छ।


