• TOKHA LIVE

    • २ असार २०७८, बुधबार १७:२१

    मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले सिन्धुपाल्चोकको बजार क्षेत्र तहसनहस

    टाेखा लाइभ डट कम /असार २,२०७८

    भिषण बाढीले मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र तहसनहस भएको छ।असार १ गते मेलम्ची खोलामा आएको बढीले सिन्धुपाल्चोक जिल्लाको प्रमुख ब्यापारिक केन्द्र मेलम्ची बजारका घरहरु र अन्य संरचनमा निकै ठुलो क्षती पुगेको छ।

    हाल सम्म क्षति भएका विवरणमा नाकोटे पुल, मेलम्ची खानेपानीको हेडवक्स,तिम्बु बजार,चनौटे बजार,आर्मी क्याम्प,ससस्त्र क्याम्प,मेलम्ची पक्की पुल,मेलम्ची झुलुङय पुल,खोला किनारका ८ माछा फर्महरु,खेती योग्य जमिन,
    मेलम्ची बसपार्क लगायत सम्पूर्ण बगाएको छ भने हालसम्म मानवीय क्षतीको वास्तविक विवरण आएको छैन।
    सो बजारमा पसेको बढीले धेरै घरहरुमा गम्भीर क्षेती पुगेको छ भने सदरमुकाम चौतारा संग जोड्ने पुल पनि बगाएको छ। खोला बगरमा रहेको पार्क र फोहोर प्रसोधन केन्द्रको नामोनिसान रहेको छैन भने रेडियो मेलम्चीको भवन पनि दुई तला सम्म डुवेर त्यसका महत्त्वपूर्ण उपकरणहरु बगाएको छ।

    त्यस्तै नदि किनारमा रहेका घर टहराहरु सबै बगाएको छ भने कति मानवीय क्षती भयो भन्ने अहिले सम्म एकिन हुन् सकेको छैन। सो बजारमा निर्माण गरिएका होटल र अन्य पूर्वाधारमा भएको क्षती अहिले अनुमान गर्न नसकिने बताउदै एक स्थानीयले भूकम्पले थलिएको बजारमा नराम्रो प्राकृतिक विपत्तिको सामना गर्नुपरेको भन्दै दुख व्यक्त गरेका छन ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै