टाेखालाइभ /असार १,२०७८
यस वर्ष आयोजना भइरहेको विश्वकप पछिको सर्वाधिक चर्चित युरो कप २०२१ को सुरुवातसँगै फुटबलका फ्यानहरुमा मात्र नभई अन्य सर्वसाधारणहरु मा पनि समेत उत्साहजनक युरो कपको जन जनमा मन मनमा विश्वभरका फ्यानहरुको ढुकढुकी बनेको छ।
सो उमङ्गमा अझ बढी उत्साह थप्न लक्ष्मी बैंकले एफ–वान सफ्ट सफ्ट सँग मिली लक्ष्मी बैंकको युरो कप योजना Mobile Money – Predict and Win! ल्याएको छ ।
यो क्याम्पेनमा भाग लिन लक्ष्मी बैंकका ग्राहकहरुले मोबाईल मनी सेवा सुचारु गरेको हुनु पर्दछ र मोबाईल मनी का प्रयोगकर्ताले भने सजिलै एप द्वारा नगद ट्रान्स्फर गरी यसमा सहभागी हुन सक्नुहुनेछ। मोबाईल मनी को ’फोन–पे डैरेक्ट’ (अन्तर बैंक नगद ट्रान्स्फर) बाट नगद ट्रान्सस्फर गर्दा प्रोमो कोड राख्ने ठाउँ मा आफुले अनुमान गरेको युरो कप विजेता देशको नाम राख्नुपर्नेछ र। यती यति गरेपछी नै यस क्याम्पेनमा सहभागी हुन सकिने बैंकले जनाएको छ।
यो क्याम्पेन युरो कप २०२१ सुरु भएको दिन देखी, अर्थात जुन ११ देखी सुरु भई भएको हो । युरो कपको अन्त्यसम्म, अर्थात् अन्तिम दिन जुलाई ११ सम्म जारी रहने छ। यस क्याम्पेन मा ५ जना भाग्यशाली विजेताहरुले ५० एम.बि.पि.एसस्. को १ वर्ष अवधिको ईन्टरनेट सब्स्क्रिप्सन निःशुल्क पाउन सक्नुहुनेछ ।

