• Sanu Raj Dangol

    • १ असार २०७८, मंगलवार १९:०३

    बागमती प्रदेश सरकारको आ.व २०७८/७९ को बजेटको साराशं

    टाेखालाइभ /असार १,२०७८

             आज प्रस्तुत  बागमती प्रदेश बजेटको साराश
    आगामी आर्थिक वर्षको क्षेत्रगत नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न रु. ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार विनियोज गरेको छ।

    प्रदेश प्रमुख कोभिड-१९ खोप कार्यक्रम” मार्फत नेपाल सरकारसँगको समन्वय र सहकार्यमा प्रदेश भित्रका सबै नागरिकहरुलाई कोरोना भाइरस विरुद्धको खोप प्रदान गर्न रु. २ अर्ब बजेटको व्यवस्था गरेको छ।

    साविक “प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रमलाई” खारेजी गरी कोभिड- १९ को प्रभाव न्यूनीकरण गर्दै जनताको स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्य सहित “प्रदेश पूर्वाधार, स्वास्थ्य प्रवर्द्धन तथा कोभिड पुर्नस्थापना साझेदारी कार्यक्रम” २ अर्ब ४२ करोड बजेट विनियोजन गरेको छ।

    उत्पादन तथा रोजगारी सिर्जनाका लागि सहुलियतपूर्ण ऋण प्रवाह गर्ने कार्यक्रम” लाई आगामी आर्थिक वर्षमा समेत निरन्तरता दिन रु. २ अर्ब बजेट विनियोजन।

    प्रदेश राजधानी पूर्वाधार विकास विशेष आयोजना” मार्फत बागमती प्रदेशको राजधानी हेटौडालाई सुविधा सम्पन्‍न बनाउन सरकारी कार्यालय भवन, शिक्षा, स्वास्थ्य, सडक लगायतका विकासका पूर्वाधारहरुको निर्माण गर्न रु. ९७ करोड बजेट विनियोजन गरेको छ।

    वातावरणमैत्री ‘विद्युतीय बस’ र ठूला सार्वजनिक यातायात संचालन तथा व्यवस्थापन गरी यातायात सेवालाई सर्वसुलभ, विश्‍वसनीय र मितव्ययी बनाउन प्रदेश यातायात सञ्‍चालन तथा व्यवस्थापन बोर्ड मार्फत कार्यान्वयन गर्ने गरी नेपाल सरकारको सहलगानीमा आवश्‍यक पूर्वाधार सहितको विद्युतीय बस सेवा सञ्‍चालन गर्न रु. ५० करोड बजेट विनियोजन गरेको छ।

    मेरो गाउँ: उद्यम सहित जिउँने ठाउँ” भन्‍ने अभियान मार्फत् स्थानीयस्तरमा नै रोजगारी सिर्जनाका लागि साझेदारीमा क्षमता विकास, प्राविधिक सीप प्रदान सम्बन्धी कार्यक्रम सञ्‍चालन गर्न आवश्यक बजेट व्यवस्था गरिएको छ ।

    किसानका गह्रा:सधैँ हराभरा” हुने गरी “सुख्खाटार लिफ्ट सिंचाइ क्षेत्र विशेष कार्यक्रम” लाई निरन्तरता दिँदै २५ वटा लिफ्ट सिंचाइ योजना निर्माण कार्य अघि बढाउन र निर्माणाधीन तथा सम्पन्‍न भइसकेका भूमिगत स्यालो तथा डिप ट्‍युवेल सिंचाइ आयोजनाहरुमा सोलार प्रणाली जडान कार्यको लागि बजेट व्यवस्था गरेको छ।

    प्रदेश गौरवको आयोजनाको रुपमा रहेको पोष्ट बहादुर बोगटी (भीमफेदी-कुलेखानी) सुरुङ्ग मार्गको निर्माण कार्य संघीय सरकारको समेत सहलगानीमा निर्माण गर्ने गरि रु. ७५ करोड बजेट विनियोजन गरेको छ।

    कोभिड-१९ महामारीले उद्योग, वाणिज्य तथा पर्यटन क्षेत्रमा पारेको असरलाई सम्बोधन गर्न “जहाँ प्रविधि, पुँजी र सीप, त्यहाँ युवाको हित” भन्‍ने सोचसहित युवाहरुमा उद्यमशिलता र स्वरोजगार विकास गर्न प्रविधि हस्तान्तरण, सहुलियतपूर्ण कर्जा, सीपमूलक तालिम लगायत युवालाई प्रोत्साहान गर्ने कार्यक्रम प्रस्ताव गरेको छ।

    कोरोनाका कारण आमाबाबु दुवै गुमाएका बालबालिकाहरूलाई स्थानीय तहसँगको सहकार्यमा मासिक रु. ३ हजारको दरले शैक्षिक तथा सामाजिक भत्ता, अन्य कारणबाट आमाबाबु दुवै गुमाएका बालबालिकाहरूलाई मासिक रु. २ हजारका दरले सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरेको छ।

    “मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम” लाइ नसर्ने रोगको रोकथाम, नियन्त्रण र उपचारमा केन्द्रित गरी सञ्‍चालन गर्न रु. २२ करोड बजेट विनियोजन यस कार्यक्रम मार्फत क्‍यान्सर रोग लागेका र मस्तिष्क घात भएका विपन्‍न नागरिकलाइ सहयोग गर्ने, महिलामा हुने पाठेघर एवम् स्तन क्‍यान्सर उपचारमा सहयोग गर्ने, अब्स्ट्रेटिक फिष्टुलाको निःशुल्क परीक्षण गर्ने, हृदयघात उपचारमा सहयोग गर्ने र लक्षित वर्गलार्इ निःशुल्क स्वास्थ्य परीक्षण गर्ने लगायतका कार्यक्रम कार्यान्वयन गरिने।

    प्रदेश विश्‍वविद्यालयको स्थापना सम्वन्धी प्रारम्भिक कार्य गर्न बजेट विनियोजन
    बागमती प्रदेशको इच्छा, समृद्धिको लागि प्राविधिक शिक्षा” अभियानलाई साकार पार्न सामुदायिक विद्यालय एवम् शिक्षालयहरूको भौतिक तथा शैक्षिक पूर्वाधारको विकास गरी गुणस्तरीय प्राविधिक शिक्षामा पहुँच अभिवृद्धि गर्न बजेटको व्यवस्था।

    निर्माणाधीन खेलकुद पूर्वाधारको निर्माण कार्य दुई वर्ष भित्र सम्पन्‍न गर्न रु. २९ करोड बजेट विनियोजन गरेको छ।

    राजधानी हेटौडा – भरतपुर – मेघौली जोड्न मेट्रो रेल, ट्राम जस्ता यातायात सञ्‍चालनको पूर्व सम्भाव्यता अध्ययनको लागि बजेटको प्रबन्ध
    -“मुख्यमन्त्री प्रादेशिक सडक कार्यक्रम” अन्तर्गत प्रदेशको मुख्य आर्थिक तथा बजार केन्द्र, धार्मिक, ऐतिहासिक, पर्यटकीय, औद्योगिक तथा अन्य महत्त्वका स्थलहरु जोड्ने रणनीतिक सडक वा उपमार्ग (बाईपास) जस्ता आयोजनाहरुका लागि रु. ३ अर्ब २५ करोड बजेट विनियोजन गरेको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै