• TOKHA LIVE

    • ३१ जेष्ठ २०७८, सोमबार १९:१६

    विना स्वीकृति डोजर लगाउन रोक

    टाेखा लाइभ / जेठ ३१,काठमाडौं

    काठमाडौं जिल्लाको जिल्ला बिपत व्यवस्थापन समितिले विना स्वीकृति डोजर लगाउने कार्यलाई रोक लगाउने निर्णय गरेको छ । सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको समितिको बैठकले विना स्वीकृति डोजर लगाउदा प्राकृतिक प्रकोपका खतरा देखिएको भन्दै विना स्वीकृति डोजर लगाउने कार्यलाई रोक लगाउने निर्णय गरेको हो ।

    बैठकले मनसुनका बेला हुन सक्ने बिपत न्युनिकरणका लागि सवै स्थानीय तहले बिपद् व्यवस्थापन सम्बन्धीप्रतिकार्य योजना बनाइ प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले विपद्को न्यूनिकरणको लागि सवै निकायहरुबीच एक आपसमा समन्वय गरि सूचना संकलन, पूर्वतयारी, उद्धार तथा राहत व्यवस्थापन कार्य प्रभावकारी बनाउने निर्णयको साथै
    बैठकले गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखा, राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रको मनसुनजन्य विपद्को पूर्वतयारीसम्बन्ध निर्देशनलाई पनि प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको जिल्ला बिपत व्यवस्थापन समितिले जनाएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै