• TOKHA LIVE

    • ३० जेष्ठ २०७८, आईतवार १८:२७

    काठमाडौं उपत्यकाको थपिएको निषेधाज्ञामा के गर्न पाइने, के नपाइने?

    टाेखालाइभ/ जेठ ३०,काठमाडौं

    काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप भएको छ। उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले कोरोना संक्रमण नियन्त्रण अझै नभइसकिएको भन्दै थप एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।
    जिल्ला प्रशासनले औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिद गर्दा वा  अत्यावश्यक सेवा लिनुपर्दामात्र घरबाट बाहिर निस्कन सक्ने जिल्ला प्रशासनले जनाएको छ।
    प्रशासनले तरकारी, फलफूल, खाद्यान्न, दूध, डेरी, मासु, खानेपानी, ग्यास पसल, किराना पसल र डिपार्टमेन्ट स्टोर बिहान ११ बजेसम्म खुला गर्न पाइनेछ । तरकारी तथा फलफूलको थोक बजारमा फुटकर बिक्रीवितरण गर्न पाइनेछैन । स्थानीय ढुवानीका हकमा राति ९ बजेदेखि बिहान ११ बजेसम्ममात्र गर्न पाइनेछ ।यसैगरी, पुस्तक पसल र प्रिन्टिङ प्रेस बिहान ११ बजेसम्म सन्चालन गर्न पाइनेछ । विकास निर्माणजन्य सामग्रीका पसलहरु (छड, सिमेन्ट, बिजुलीका सामान, स्यानिटरी, हार्डवेयर पसल) दिउँसो ४ बजेपछि सञ्चालन गर्न सकिनेछ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै