• TOKHA LIVE

      TOKHA LIVE

    • १४ जेष्ठ २०७८, शुक्रबार १६:५६

    आज आर्थिक सर्वेक्षण सार्वजनिक :-

    टाेखालाइभ/ जेठ १४

    आज शुक्रबार चालु आर्थिक बर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले चालु आवमा ४.०१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न
    तेस्रो चौमासिकमा आएको कोरोना माहामारीका कारण सो लक्ष्य हासिल हुन कठीन हुने बताएका हुन । वैशाख १६ गतेबाट निषेधाज्ञा लगाएपछि यो अनुमान पूरा गर्न चूनौतिपूर्ण रहेको उनले बताएको छ।चालु आर्थिक वर्षमा कृषि, उद्योग र सेवा क्षेत्रको कुल मूल्य अभिवृद्धि क्रमशः २.६ प्रतिशत, ५.० प्रतिशत र ४.४ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । त्यसैगरी, चालु आर्थिक वर्षको कुल मूल्य अभिवृद्धिमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २५.८ प्रतिशत, १३.१ प्रतिशत र ६१.१ प्रतिशत रहने अनुमान छ । सरकारले चालु वर्ष आर्थिक वृद्धि लक्ष्य ७ प्रतिशत राखेको थियो भने केन्द्रीय तथ्यांक विभागले भने ४.०१ प्रतिशत हुने संशोधित अनुमान गरेको थियो ।

    आर्थिक बर्ष २०७७–७८ मा कोभिड–१९ महामारीबाट नेपालको अर्थतन्त्र प्रभावित हुन गई आर्थिक वृद्धिदर पछिल्लो दुई दशकमै पहिलोपटक २.१२ प्रतिशतले ऋणात्मक रहेको र चालु आर्थिक वर्षको फागुनसम्म संघीय सरकारको बजेट घाटा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६५.५ प्रतिशतले सुधार भई रु २९ अर्ब १६ करोड रहेको बताएको छ।

     

     

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै