टाेखालाइभ डट कम/ जेठ ६,काठमाडौं
राष्ट्रियसभा सदस्य पदका लागि भएको उपनिर्वाचनको मतदान आज सकिएको छ। बागमती प्रदेश अन्तर्गत अन्य समूहका लागि भएको उपनिर्वाचनमा ३४७ मतदाता रहेकोमा ३३८ मत खसेको छ । नौ जना अनुपस्थित रहेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनमा बागमती प्रदेशका प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख मतदाता हुन् । प्रदेश सभा सदस्य ११० जना रहेकोमा एक प्रदेश सांसदको केहि दिन अघि मृत्यु भएको थियो । दोलखाबाट निर्वाचित प्रदेश सांसद पशुपति चौलागाईंको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।
गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

