स्वास्थ्य मन्त्रालयका अनुसार सातै प्रदेशका ३० वटा निजी अस्पताल तथा मेडिकल कलेजहरुले कोरोना संक्रमितको निःशुल्क उपचारको लागि सम्झौता गरेको छ।बिरामीहरुको उपचार गरेबापतको खर्च स्वास्थ्य मन्त्रालयले बेहोर्ने सम्झौतामा उल्लेख छ ।
कोरोना संक्रमितको निःशुल्क उपचारको लागि ३० वटा अस्पतालहरुले कोभिड–१९ केयर युनिट संचालन गर्न स्वास्थ्य मन्त्रालयसँग सम्झौता समेत गरिसकेका छन् । यी अस्पतालहरुमा उपचारका लागि पुग्ने कोरोना संक्रमितले आफैंले शुल्क तर्न नसक्ने भएमा उनीहरुको अस्पतालले निःशुल्क उपचार गर्नुपर्ने हुन्छ ।
निजी अस्पताल र मेडिकल कलेजको उक्त सूचीमा निजामती अस्पताल पनि रहेको मन्त्रालयले जनाएको छ । निजामती अस्पतालमा पनि यो सुविधा लागू हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
निःशुल्क उपचार हुनेमा सुदुरपश्चिम प्रदेशमा ६ वटा अस्पताललाई तोकिएको छ भने लुम्बिनीमा दुई, गण्डकी प्रदेशमा दुई, बागमति प्रदेशका १७, प्रदेश नम्बर २ मा दुईवटा र प्रदेश नम्बर १ मा एउटा तोकिएको छ । कर्णालीमा भने निशुल्क उपचार हुने अस्पताल तोकिएको छैन ।



