• TOKHA LIVE

      TOKHA LIVE

    • १५ बैशाख २०७८, बुधबार १९:२२

    निषेधाज्ञाबारे प्रशासनको आदेशमा परिमार्जन, विवाहको गाडीलाई पास नचाहिने

    टोखा लाइभ ।२०७८ वैशाख १५ गते ।

    काठमाडौं । बिहीबारबाट लागु हुने गरी जारी गरिएको निषेधाज्ञाको समयमा गर्न पाइने र नपाइने कामको सूचिमा परिमार्जन गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबारदेखि काठमाडौं उपत्यकामा सुरु हुन लागेको निषेधाज्ञाको आदेशमा परिमार्जन गरेको जनाएको छ ।

    मंगलबार प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले अत्याश्यक सेवामा केही बुँदाहरु थप गरी आदेश सार्वजनिक गरेका छन् । उनका अनुसार अब विवाह, व्रतबन्धका लागि १५ जनासम्म सहभागी हुने गरी ब्यानर टाँसेर दुईवटासम्म सवारी प्रयोग गर्न सकिने छ ।

    विवाहको लागि जिल्लाभित्र वा अन्तर जिल्लामा आवतजावत गर्नुपर्दा अनुमति पास आवश्यक पर्ने छैन । तर उक्त कार्यका लागि पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा जिल्ला प्रशासन कार्यलयबाट जारी अनुमति लिनु पर्नेछ ।

    मृत्यु संस्कार र बिरामी कुरुवाको रुपमा अनिवार्य सहभागी हुनुपर्ने व्यक्तिले अन्य जिल्लामा जानुपर्दा सम्बन्धित व्यक्तिले उक्त व्यहोरा खुल्ने कागजात, अस्पतालको कागजात वा स्थानीय तहको सिफारिस सहित जिल्ला प्रशासन कार्यालयमा अनुमति माग्नु पर्नेछ । त्यसपछि पास उपलब्ध हुनेछ ।

    डिपार्टमेन्ट स्टोरको ग्रोसरी बिहान र साँझ मात्र खोल्न पाइनेछ । अत्यावश्यक सेवाहरुमा करियर तथा डाँक सेवा थप गरिएको छ। बैंक तथा वित्तीय संस्था, बिमा एवं राष्ट्र बैंकबाट इजाजत प्राप्त वित्तीय कारोबार गर्ने सहकारी संस्थाका कर्मचारीले प्रयोग गर्ने निजी नम्बर प्लेटका सवारी साधनहरु सम्बन्धित कार्यालयको परिचयपत्रका आधारमा आवतजावत गर्न दिने व्यवस्था गरिएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै