• TOKHA LIVE

    • २२ चैत्र २०७७, आईतवार ०५:५१

    आश्रिती श्रेष्ठ र समिर कोजूको बालचित्र किताब सार्वजनिक

    टोखा लाइभ ।चैत्र २२, २०७७

    काठमाडौँ — बालचित्रकार आश्रिती श्रेष्ठ र समिर कोजूको बालचित्र किताब सार्वजनिक भएको छ । आश्रितीका चित्र र समिर कोजूको कथामा तयार भएको किताब ‘करण र कार्टुन’को शनिबार नेपाल आर्ट काउंसिलमा भएको एक कार्यक्रममा विमोचन गरिएको हो ।

    वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्य लगायतले किताबको विमोचन गरेका हुन् । कार्यक्रममा बाल समीक्षक सोइना दाहालले किताबको समीक्षा प्रस्तुत गरेकी थिइन् । किताबमार्फत बालबालिकामा हुने प्रविधि लतलाई कलात्मक रुपमा प्रस्तुत गरिएको उनले बताइन् ।

    कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले ‘बालसाहित्यकार पनि सानो उमेरको चित्रकार पनि सानो उमेरको भएपनि समसामयिक कुरालाई प्रकाशमा ल्याएको’ बताए । वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले कला–संस्कृतिको प्रवर्द्धन गरे मात्रै देश समृद्ध हुने मन्तव्य राखेका थिए ।

    यसका साथै आश्रितीका चित्रहरुको एकदिवसीय प्रदर्शनी गरिएको छ । दुई वर्षको उमेरदेखि उनले कोरेका चित्रहरु प्रदर्शनीमा राखिएको छ ।

    नौ वर्षीया आश्रिती काठमाडौंको महाराजगन्जस्थित मेरिडियन स्कुलमा कक्षा ३ मा अध्ययनरत छन् । ‘करण र कार्टुन’ चित्रकथालाई बालासाहित्य प्रतिष्ठान नेपालले प्रकाशन गरेको हो । आश्रिती सबैभन्दा कम उमेरमा पुस्तक प्रकाशन गर्ने बालकलाकार भएको प्रकाशकको दाबी छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै