• TOKHA LIVE

    • १९ चैत्र २०७७, बिहीबार ०६:२१

    उपत्यकामा वर्षा, तुवाँलो हट्ने सम्भावना

    टोखा लाइभ । २०७७ चैत्र १९ गते

    काठमाडौं । काठमाडौं उपत्यकासहित पूर्वी र मध्य पहाडी भेगमा बुधबार साँझबाट हल्का वर्षा शुरु भएको छ । यो वर्षापछि एक सातादेखि आकासमा लागेको तुवाँलो हट्ने अपेक्षा गरिएको छ । आज कोठमाडौंमा भिजिविलिटी समेत केही बढेको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार काठमाडौं उपत्यका, गण्डकी प्रदेश र प्रदेश १ को पहाडी क्षेत्रमा हल्का वर्षा भएको छ ।

    वर्षाले अहिले देखिएको वायु प्रदुषण र तुवाँलो घटाउने भएको हो । यद्दपी तुवाँलो पुरै हट्न समेत केही समय अझै लाग्नेछ । हल्का वर्षा भएपनि ठूलो वर्षाको सम्भावना तत्काल नभएका कारण वायु प्रदुषण कम नहुने देखिएको हो ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै