• TOKHA LIVE

    • १५ चैत्र २०७७, आईतवार २०:१५

    आध्यात्मिक चेतना जगाउदै सपनतीर्थ भजन खल:

    टोखा लाइभ ।२०७७, चैत्र १५ गते

    भजन-कीर्तनमा विगत ६ महिना देखि निरन्तर योगदान दिंदै आईरहेको सपनतीर्थ भजन खल: लबुँले आफ्नो ६ महिने होलीको उत्सव अवसर पारेर विभिन्न स्रष्टा तथा समाजसेवी र संगीतकर्मीलाई आज सम्मान गरेको छ ।

    ०७७ भदौं २० गते टोलमा सामुहिक पूजाको आयोजनासागै टोलवासीको एकता र आध्यात्मिक चेतनाका लागि भजन कीर्तनको आवश्यकता महशुस गरी सपनतीर्थ भजन खल: नामाकरणसहित गठन गरेर त्यसलाई सक्रिय बनाइएको भजन खलकी अध्यक्ष हरिमाया श्रेष्ठ बताउछिन।

    लबुँमा तीस बढी घर छन् । सबैकोमा साँझ हुने भजन–कीर्तनले सामाजिक एकता, सद्भाव, परिचय बढाउनुका साथै आध्यात्मिकतामा डुबेर तनावमुक्त जीवन जीउन प्रेरित गर्ने गरेको समाजसेवी राजकुमार कुँवरको भनाइ छ ।राजकुमार अगाडी भन्छन्– ‘लागू औषध दुव्र्यसन हटाउने, स्वच्छ र समृद्ध समाज निर्माणमा टेवा पुर्‍याउने, बालबालिकालाई इतिहास संस्कृति धर्मप्रति जागरुक गराउने पनि हाम्रो यस भजन खलको लक्ष्य हो ।’

    उनको भनाईलाई समर्थन दिंदै अर्को युवा नेता देवराज डंगोल भन्छन- “ भजन–कीर्तनसागै आध्यात्मिक चेतना र नैतिक शिक्षा पनि प्रदान गर्ने गरिएको छ । यसमा २७ जना महिलाहरूले उत्साहका साथ भजन–कीर्तनका लागि तम्तयार हुने गरेका छन् ।भजन –कीर्तनको बीच–बीचमा आध्यात्मिक प्रवचन, छोटो–छोटो रुपमा सहभागीहरुबाटै प्रस्तुत हुने गरेको छ । हाल वहॉ महिलाहरू भजन गाउन उत्तिकै पोख्त बन्दै गएका छन् । अझ टोलवासी महिलाको सक्रियता अझ प्रशंसनीय लाग्छ “। उनले भने।

    सपनतीर्थ भजन खलको एउटै स्वर छ– ‘यो सबैको साझा र सबैको हितका लागि भएको हुनाले यसमा समय निकालेर भएपनि समस्त टोलवासीको अनिवार्य सहभागिता आवश्यक छ, जसले टोलवासीको लक्ष्य र कार्यलाई सार्थक बनाउँछ ।’

    सपनतीर्थ भजन खल: ले यो वर्षको अन्तिममा आफ्नो भजन खल: लाई योगदान पुर्याए वापत समाजसेवी राजकुमार कुँवर , शुभ्रदा कुँवर , , चन्द्र ब. तामांग , मुख्य गुरू मनकाजी डंगोल , गुरू भाईलाल महर्जन , देवराज डंगोल लाई सम्मान र सल्लाहकारमा माईला श्रेष्ठ, श्यामलाल श्रेष्ठ, लाई यस भजन खलकी अध्यक्ष हरिमाया श्रेष्ठले खॉदा बाट अतिथि हरूलाई अर्पण गरेको छ ।

    आजको उत्सवमा भुपु अध्यक्ष बाबुलाल डंगोलले गर्नु भएको उद्घोषणमा वहॉ द्दरा लिखित पुस्तक ‘समृद्ध टोखा ‘ शीर्षकको पुस्तक तथा स्मारिका समेत सपनतीर्थ भजन खल: लाई प्रदान गरिएको थियो ।

    पछिल्लो टोखाको युवापिढीले हाम्रा इतिहास कला–संस्कृति, धर्मलाई भूल्लान कि भनेर सपनतीर्थ भजन खल: चिन्तित मात्र छैनन् भजन–कीर्तनमा आफ्ना सन्ततीलाई सागसागै सरिक समेत गराउने गर्दछन् । सपनतीर्थ भजन खलको भावी लक्ष्य पूरा गर्नलाई भने सबैको सहयोगको आवश्यकता छ । लक्ष्य पूरा होस्, सपनतीर्थ भजन खल: को प्रभावकारिता बढेर जाओस्, अरुले पनि सिकुन् ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै