• TOKHA LIVE

    • ४ चैत्र २०७७, बुधबार ०५:५८

    नेपालमा फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    टोखा लाइभ ।२०७७ चैत्र, ४ गते

    काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको भाउ पुनः बढेको छ । नेपाल आयल निगमले २८ माघ यता मात्र चौथो पटक मूल्य वृद्धि गरेको हो । बढेको मूल्य आज राति १२ बजेदेखि नै लागू हुने भएको छ ।

    निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाउने निर्णय गरेको छ । नयाँ मूल्य अनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य ११८ र डिजेल तथा मट्टितेलको १०१ रुपैयाँ पुगेको छ।

    हवाई ईन्धनको आन्तरिकतर्फ साविकको मूल्यमा २ रुपैयाँ बृद्धि गरी ७४ रुपैयाँ प्रतिलिटर पुर्‍याएको छ। अन्तर्राष्ट्रियतर्फ हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य हाललाई यथावत राखिएको निगमको भनाई छ । यसअघि निगमले ४ र ११ फागुन तथा माघ ६ र २८ गते समेत पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै