• TOKHA LIVE

    • २१ फाल्गुन २०७७, शुक्रबार ०४:४२

    बहराइनका राजपरिवारका सदस्यसहितको टोली सगरमाथा आरोहणमा आउने

    टोखा लाइभ ।२०७७ फाल्गुन २१ गते

    काठमाडौं । बहराइनबाट राजपरिवारका सदस्यसहितको एक टोली सगरमाथा आरोहण गर्न नेपाल आउने भएको छ ।

    उनीहरु आगामी चैत २ मा नेपाल आउने निश्चित भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दाससँग आरोहण दलका सदस्यले बिहीबार भेटेका छन् । उनीहरुले सगरमाथा आरोहणका विषयमा जानकारी लिएको समेत बहराइनस्थित नेपाली राजदूतावासले उल्लेख गरेको छ ।

    आरोहण टोलीमा बहराइनको राजपरिवारका एक सदस्यसहित बहराइन डिफेन्स फोर्समा कार्यरत १३ जना बहराइनी तथा ३ जना बेलायती नागरिक रहने भएका छन् । उनीहरु विशेष विमानबाट आउने र ७९ दिन नेपालमा रहने भएका छन् । नेपालमा वसन्तु ऋतुमा सबैभन्दा धेरै सगरमाथा आरोही आउने गर्छन् ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै