• TOKHA LIVE

    • ८ फाल्गुन २०७७, शनिबार १८:५१

    एक लघुकथा : चन्द्र सर

    • किस्मत भण्डारी

    काठ-दाउराको दलालीबाट राता-रात राम्रो आम्दानी भएपछि उसको फुर्ति आजभोलि बेग्लै देखिएको छ । उसको घरको तामझाममा पनि एकाएक परिवर्तन आएको छ । पहिले एक कप कफीको लागि पनि साथीको मुख ताक्ने चन्द्रे आजकाल सबैको प्रिय पात्र चन्द्रसर भएको छ ।

    आजकाल उ राति सधैं घरमा अबेर आउछ अनि काम मिलाउनु कति गाह्रो छ , तिमीभने सधैँ घरमै बसेर यसै कचकच मात्रै गर्ने भन्दै श्रीमतीलाई कराउँछ। श्रीमतीले त आजभोलि उ संग केही पनि बोल्नै नहुने भएको छ।
    चन्द्रे भाेलीपल्ट बिहानै मोवाइल फोनमा कोसँग हो कुन्नि मस्त हाँस्दै “हा..हा..हि…हि…गर्दै भन्दै थियो;जीवनमा रमाइलो गर्नुपर्छ मोज गर्नु पर्छ।” एकबारको जिन्दगीमा के को टेन्सन लिने हो !चिन्ता नगर न यार म छु नि त हउ ।

    त्यति नै बेला कसैले उसको ढोका ढक-ढक्याउछ !!! त्यहीबेला चन्द्रेकी श्रीमतीले ढोका खोल्छे । त्यहीँ पुलिस आएका हुन्छन्। पुलिस सँगै आएका दुई मानिसले चन्द्रेलाई देखाउँदै साब यही हो त्यो फटाहा जाली दलाल ! चोरी तस्करीको काठ भिडाएर हामीलाई बर्बाद गर्ने यही हो!! यत्तिकैमा पुलिसले चन्द्रेलाई समातेर लग्छन !!!

    केहीबेरमा भित्रबाट छोरा छोरी आएर आमासँग सोध्छन , बुबा खै त ? बुबा आफ्नै काममा जानुभयो ! सायद अब फर्किन धेरै दिन लाग्न सक्छ !! तिमीहरु भित्र गएर सुत नानी हो भनेर आमाले जवाफ दिन्छिन, नानीहरू भित्र जान्छन् तर आमा चाहिँ बुबालाई एकोहोरो हेरि रहन्छिन टाढा टाढा सम्म !!!

    Facebook Comments

    सम्बन्धित खवर

    याद बॅाचिरहनेछ….!

    भाषा विहिन सम्बन्ध

    उपहारको मूल्य

    छुटाउनुभयो कि? सबै