२०७७ फागुन ८ गते
बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानिकी भागरथी भट्टको शव हिजो दाहसंस्कार गरियो ।हिजो दिउसो जिल्ला अस्पताल गोठलापानिबाट शवयात्रा निकाल्दै सेरा स्थीत महाकालि नदि किनारमा शवलाई गाद्डै अन्त्येष्टि गरिएको हो । गत माघ २१ गते बलात्कार पछि हत्या गरिएकी भागरथीको हत्याकाण्डमा संलग्न ब्यक्ति पत्ता लागेपछि आफन्तले शवको दाहसंस्कार गरेका हुन् ।

यसअघि घटनाको सत्यतथ्य छानबिन गरि दोषीलाई कारवाहिको मागगर्दै मृतकका परिवारले शब बुझ्न मानेका थिएनन् । माघ २२मा भागरथीको शव भेटिएदेखि घटनाको अनुसन्धान थालेको प्रहरीले बुधबार घटनामा संलग्न ब्यक्तिलाई पक्राउ गरि सार्वजनिक गरिसकेको छ ।

