“क्यान्सरसितको लडाइँ” पुस्तक विमोचित
काठमांडौं । “सडक मजदूरदेखि इञ्जिनीयर” पुस्तकका लेखक इञ्जिनीयर, वातावरणविद् डाक्टर तथा प्राध्यापक मुरली गोपाल रञ्जितकारको दोस्रो मौलिक कृति “क्यान्सरसितको लडाइँ” पुस्तक संयुक्त रूपमा विमोचन गरिएको छ।
विश्व क्यान्सर दिवसका अवसरका नेशनल इन्स्टिच्यूट अफ् हेल्थ एण्ड इन्भाइरन्मेन्टद्वारा प्रकाशित पुस्तकको आइतबार क्यान्सरविज्ञद्वय डा० पङ्कज बर्मन, डा० महेश अधिकारी, केशव अमात्य फाउण्डेशनका अध्यक्ष तारा अमात्य, नेपाल मेडिसिटी अस्पतालका जनरल मेनेजर विजय रिमाल लगायतले संयुक्त रुपमा विमोचन गर्नुभएको हो।
१ सय ४ पृष्ठको पुस्तकले नेपालमा क्यान्सर रोग विरुध्द सजगता र उपचारमा सहयोग हुने विचार सम्बन्धित विज्ञहरूले व्यक्त गरेका छन्।
पुस्तक बिक्रीबाट प्राप्त हुने रकम क्यान्सर पीडितहरूकै उपचार र सचेतनामा प्रयोग गरिने बताइएको छ।

