• TOKHA LIVE

    • २१ माघ २०७७, बुधबार ०९:४६

    आजबाट ट्राफिक जरिवाना अनलाइनबाट तिर्न सकिने

    टोखा लाइभ । माघ२१, २०७७

    काठमाडौं । अब ट्राफिक नियम उल्लंघन गरेवापतको जरिवाना तिर्न बैंक वा ट्राफिक कार्यालय नै धाउनु नपर्ने भएको छ ।

    अनलाइनबाटै जरिवाना भुक्तानीको व्यवस्था आजबाट कार्यान्वयनमा आउने भएको हो । सवारी चालकलाई सहज होस् भनी अनलाइनबाटै जरिमाना रकम भुक्तान गर्ने मिल्ने प्रणाली सुरु गरिएको महानगरीय ट्राफिक महाशाखाले उल्लेख गरेको छ ।
    यसअघि बैंकमा लाइन बस्नुपर्ने हुन्थ्यो । प्रक्रिया समेत झन्झटिलो थियो ।

    महाशाखाले बुधबार अनलाइन सेवाको औपचारिक उद्घाटन गरेसँगै कार्यान्वयनमा आउनेछ । नेपालमा वार्षिक करोडौं रुपैयाँ जरिवाना उठ्ने गरेको छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै