• TOKHA LIVE

    • १८ माघ २०७७, आईतवार १७:०९

    किन लगाउँदैछ सेनाको बख्तरबन्द गाडीले राति चक्रपथ चक्कर ?

    टोखा लाइभ माघ १८, २०७७

    काठमाडौं । नेपाली सेनाले माघ १९ गते राति बख्तरबन्द गाडीले काठमाडौंको चक्रपथमा चक्कर लगाउने भएको छ ।

    माघ १९ गते राति नियमित अभ्यास योजनाअनुसार सेनाले बख्तरबन्द गाडीले चक्रपथको चक्कर लगाउन लागेको सैनिक जनसम्पर्क निर्देशनलायले जनाएको छ ।

    सेनाको वख्तरवन्द माघ १९ मा काठमाडौंमा र २१ गते देशका विभिन्न स्थानहरुमा निकालिनेछन् । प्रमुख शहरहरुमा वख्तरवन्द निकालिएका छन् । ८ वटै पृतना अन्तर्गतका मेकानाइज्ड युनिटहरुबाट वख्तरवन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको सेनाले जनाएको छ । यसलाई सेनाले नियमित अभ्यास भनेको छ ।

    देशमा राजनीतिक संकट गहिरिदै जाँदा सेनाको पछिल्लो सक्रियता र वख्तरवन्द सहितको रातमा समेतको अभ्यासलाई चासोका साथ हेरिएको छ । नियमित अभ्यास भएकाले सर्वसाधारणलाई अनावश्यक त्रास नहोस् भनेर सूचना जारी गरिएको पनि निर्देशनालयले जानकारी दिएको छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै